Click Chautari

स्कुटर दुर्घटनामा परी एक किशोरको मृत्यु

सिन्धुली, असार २३ । सिन्धुलीको कमलामाई नगरपालिका–७ फिटिङपुलमा आईतवार स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२९ स्थायी घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका–६ रातमाटामा डेरा गरी बस्दै आएका १५ वर्षीय रितेश जोन्छे रहेका छन् ।

जोन्छेलाइ उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रमुख लाल ध्वज सुवेदीले जानकारी दिनु भयो । प्रहरीको अनुसार उनले आफैंले चलाएको स्कुटर (प्रदेश ३–०२–०२३ प ८७५७ नम्बर) तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खस्दा दुर्घटना भएको थियो । दुर्घटना आईतवार दिउँसो ४ बजेको समयमा भएको थियो ।

Advertisement

उनलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल सिन्धुलीमा ल्याएर प्रारम्भिक उपचार गरिएको थियो । चिकित्सकको सल्लाहमा थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा साँझ ८ बजेरको समयमा सुनकोशी गाउँपालिका–६ खाल्टे नजिकै  पुगेपछि मृत्यु  प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.