विश्व पैसा सप्ताह (ग्लोवल मनि विक) २०२५ को अवसरमा कुमारी बैंक लिमिटेड शाखा कार्यालय खुर्कोटले सिद्धिलक्ष्मी डेरी उद्योग र लक्ष्य बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड, गोलन्जोर गाउपालिका ५ नयाखर्कका कृषकहरू माझ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकोछ ।
जनस्तरमा वित्तीय शिक्षा र साक्षरता अभिवृद्धि गर्ने अभिप्रायले आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित कृषकहरूलाई कुमारी बैंक खुर्कोट शाखा प्रबन्धक सुबास थापाले बचत र यसको महत्त्व, बचत गर्ने तरिका, कर्जा र कर्जा लिने प्रक्रिया, कर्जा नतिरेमा आइपर्ने समस्या, डिजिटल कारोबार, यसको महत्व, सम्भावित डिजिटल ठगी र यसबाट बच्न अपनाउन सकिने सावधानीका उपायहरु, पारिवारिक बजेट निर्माण लगायतका विषयमा प्रकाश पारेका थिए भने बैकका सम्पर्क अधिकृत बिनोद लामिछानेले बैकले प्रदान गरेको विभिन्न बचत योजनामा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा अगुवा कृषक सुमन बिक्रम थापाले बैकले जनमानसमा बितिय सचेतना कार्यक्रम गरेर कृषकहरुलाइ बैक सम्म आउन र बैक सगको पहुच पु¥याउन सहयोग गर्नुभएकोले बैकलाइ धन्यवाद ब्यक्त गर्नु भएको थियो साथै सबै कृषकहरुलाइ बैक मार्फत कारोबार गर्न समेत अनुरोध गर्नु भएको थियो ।
कुमारी बैंकको देशभर ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित इकाईहरू सञ्चालनमा रहेका छन । बैंकले आगामी दिनमा पनि वित्तीय शिक्षा र साक्षरता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने शाखा प्रबन्धक थापाले बताए ।