Skip to main content

Click Chautari

कुमारी बैंक खुर्कोट शाखाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

विश्व पैसा सप्ताह (ग्लोवल मनि विक) २०२५ को अवसरमा कुमारी बैंक लिमिटेड शाखा कार्यालय खुर्कोटले सिद्धिलक्ष्मी डेरी उद्योग र लक्ष्य बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड, गोलन्जोर गाउपालिका ५ नयाखर्कका कृषकहरू माझ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकोछ ।

जनस्तरमा वित्तीय शिक्षा र साक्षरता अभिवृद्धि गर्ने अभिप्रायले आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित कृषकहरूलाई कुमारी बैंक खुर्कोट शाखा प्रबन्धक सुबास थापाले बचत र यसको महत्त्व, बचत गर्ने तरिका, कर्जा र कर्जा लिने प्रक्रिया, कर्जा नतिरेमा आइपर्ने समस्या, डिजिटल कारोबार, यसको महत्व, सम्भावित डिजिटल ठगी र यसबाट बच्न अपनाउन सकिने सावधानीका उपायहरु, पारिवारिक बजेट निर्माण लगायतका विषयमा प्रकाश पारेका थिए भने बैकका सम्पर्क अधिकृत बिनोद लामिछानेले बैकले प्रदान गरेको विभिन्न बचत योजनामा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा अगुवा कृषक सुमन बिक्रम थापाले बैकले जनमानसमा बितिय सचेतना कार्यक्रम गरेर कृषकहरुलाइ बैक सम्म आउन र बैक सगको पहुच पु¥याउन सहयोग गर्नुभएकोले बैकलाइ धन्यवाद ब्यक्त गर्नु भएको थियो साथै सबै कृषकहरुलाइ बैक मार्फत कारोबार गर्न समेत अनुरोध गर्नु भएको थियो ।

Advertisement

कुमारी बैंकको देशभर ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित इकाईहरू सञ्चालनमा रहेका छन । बैंकले आगामी दिनमा पनि वित्तीय शिक्षा र साक्षरता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने शाखा प्रबन्धक थापाले बताए ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.