सिन्धुलीमा कृषि विकास कार्यालयले चालु आर्थिक वर्ष ०८२/०८३ का लागि तीन करोड २२ लाख रुपैयाँभन्दा बढीको विभिन्न कृषि कार्यक्रम सार्वजनिक गरेको छ । तरकारी, फलफूल, मसला, खाद्यान्न, सिंचाइ, तालिम र अनुदानमार्फत कृषकको जीवनस्तर सुधार गर्ने लक्ष्य ।
सिन्धुली, भदौ १९ । कृषि विकास कार्यालय सिन्धुलीले यो बर्ष कृषकको जीविनस्तरमा सुधार ल्याउन तीन करोड रुपैया भन्दा बढीको विभिन्न कृषि कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।
चालु आर्थिक बर्ष ०८२÷०८३ का लागि पूँजीगत तर्फको तीन करोड २२ लाख ४० हजार रुपिया बराबरको स्वीकृत विभिन्न कृषि कार्यक्रमहरु कार्यालयले साबर्जनिक गरेको हो । बागमती प्रदेश सरकार र सङ्घिय सरकारको सहयोगमा कृषक समूह, सहकारी, नीजि कृषि फर्मको साझेदारी र कार्यालय आफैले गर्ने विभिन्न कार्यक्रम सञ्चालनको तयारीमा रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार एक वडा, एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत सुनकोसी गाँउपालिका–५ र फिक्कल गाँउपालिका–५ मा तरकारी बाली कार्यक्रम सञ्चालन हुने भएको छ । कृषि विकास उद्यमशिलता विकास कार्यक्रम प्रतिसाझेदार बढीमा दुई लाख रुपैया अनुदानमा सञ्चालन हुने भएको छ ।
त्यस्तै अलैची तथा मसला बाली, खाद्यान्न बाली, फलफुल खेती र व्यवसायिक तरकारी खेतीका लागि प्रबद्र्धन कार्यक्रम सञ्चालन हुने भएको छ । उक्त कार्यक्रम अन्तर्गत व्यवसायिक तरकारी खेतीका लागि प्रतिहेक्टर बढीमा दुई लाख रुपैया र अन्यमा बढीमा एक लाख रुपैया अनुदानको व्यवस्था मिलाईएको कार्यालय प्रमुख अनुप अधिकारीले जानकारी दिनुभयो ।
दलित, लोपोन्मुख, सिमान्तकृत, अल्पसङ्ख्यक र एकल महिलालाई लक्षित गरी मागमा आधारित जीविकोपार्जन कार्यक्रम सञ्चालन हुने भएको छ । त्यसका लागि प्रति कृषक बढीमा एक लाख रुपौया अनुदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै बिउ उत्पादन क्षेत्रभित्र सिंचाई क्षेत्र बिस्तार र साना सिंचाईको तीन वटा कार्यक्रम रहको र बढीमा तीन लाख रुपैया अनुदान दिने व्यवस्था रहेको छ । साना सिंचाईको ३० वटा कार्यक्रम रहेको र बढीमा दुई लाख रुपैयाका दरले अनुदानको व्यवस्था रहेको कार्यालयले जनाएको छ । खाद्यान्न बालीको उन्नत बिउ उत्पादन क्षेत्र विस्तार सहयोग कार्यक्रम, भकारो सुधार कार्यक्रम, प्राङ्गारिक मल बितरण लगायतका कार्यक्रमहरु यो बर्ष सञ्चालन हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
अन्य कार्यक्रमहरुमा प्लाष्टिक पोखरी निर्माण तथा मर्मत, खाद्यान्न बालीमा गुणस्तरिय बिउ उत्पादन कृषक पाठशाला, तालिम, सामाग्री तथा प्रविधि सहयोग, कृषि मेला, महोत्सब, घुम्ति बाली उपचार शिबिर लगायत रहेको कार्यालयले जनाएको छ ।
कृषि उत्पादन बढाउनका लागि कृषकलाई तालिम, कार्यालयबाट प्राविधिक सेवा, प्राङ्गारिक मलमा सहयोग, भकारो सुधार कार्यक्रम, कृषि यान्त्रीकरण, साना सिंचाई कार्यक्रम, विपदबाट क्षती पुगेका कृषकलाई राहत कार्यक्रम र कृषि बजारिकरणमा सहयोग लगायतका कार्यालयबाट प्रयास भई रहेको उहाँको भनाई छ ।