Click Chautari

काटेर सुकाएको धान पानीले भिजेपछि किसान चिन्तित्

सिन्धुलीको कमलामाई नगरपालिका–४ मा बिहीबार परेको वर्षाबाट भिजेको खेतमा काटेर सुकाएको धानबाली । तस्बीरः बुराम देवकोटा, सिन्धुली

कात्तिक १३, सिन्धुली ।

Advertisement
सिन्धुली जिल्लामा खेतमा काटेर सुकाएको धान पानीले भिजेपछि किसान चिन्तित बनेका छन् ।
धानबाली भित्र्याउने मुख्य समयमा दुई दिनदेखिको प्रतिकुल मौसमका कारण भएको बर्षाका कारण खेतमा काटेको धान भिजेपछि किसानहरु चिन्तित बनेका हुन् । तिहार सकिए लगत्तै पाकेको धानबाली घरमा भित्र्याउने चटारोमा परेका किसानलाई बर्षाले समस्यामा पारेको स्थानीय बताउछन् ।

दुधौली नगरपालिका–१ तल्लो बंका निवासी किसान धु्रब पहाडी आफ्नो एक बिघा खेतमा काटेर सुकाएको धानबाली बर्षाले भिजाएर नष्ट भएको गुनासो गर्नुहुन्छ । धान काट्ने बेलामा आकासबाट पानी पर्ने कुनै छेकछन्द नदेखिएको र धान काटेपछि पानी परेर नोक्सानी व्यहोर्नु परेको उहाँको भनाई छ ।

स्थानीय किसानको अनुसार खेतमा बर्ष दिन खाने धानबाली पाकेर पँहेलपुर बनेपछि किसानलाई चाडपर्व भन्दा पनि धान काट्नै हतार थियो । त्यसैले तिहार सकिए लगत्तै किसानहरुलाई आफ्नो धान काट्न भ्याई नभ्याई भएको थियो । छिटो र सहज हुने भएकाले किसानले हाते मेसिन प्रयोग गरेर समेत धान काटेका थिए ।

Advertisement

सिन्धुली जिल्लाकै अन्न भण्डारको रुपमा परिचित दुधौली नगरपालिकाको कमलाखुँज क्षेत्रमा ९० प्रतिशत भन्दा बढी किसानले खेतमा धान काटेर सुकाएका थिए । जल तथा मौसम विज्ञान बिभागले अझै शनिबारसम्म बर्षाको संभावना भनेकाले किसानलाई चिन्ता थपिएको दुधौली नगरपालिका–४ निवासी किसान लक्ष्मी दनुवार बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘सबै किसानले खेतमा धान काटेर सुकाएर अस्रल्ल राखेका छन् । अझै दुई दिन पानी पर्छ, भन्छन् । चिन्तै चिन्ता छ ।’
काटेर सुकाएको धान पानीले भिजेपछि कुहिने डर भएको उहाँको गुनासो छ । यता कृषि बिकास कार्यालय सिन्धुलीले पनि प्रतिकुल मौसमका कारण किसानलाई दुई दिन (१५ गतेसम्म) धान काट्न ‘होल्ड’ गर्न सुझाब दिदै आएको जनाएको छ ।

कार्यालय प्रमुख अनुप अधिकारीले जिल्लामा यो बर्ष १२ हजार ८६२ हेक्टर जमिनमा बर्षे धान खेती भएको र हालसम्म किसानले ५० प्रतिशत भन्दा बढी जमिनमा धान काटी सकेको जानकारी दिनुहुन्छ । उहाँले भन्नुभयो, ‘मौसम अनुकुल भयो भने कात्तिक २० गतेसम्म लगभग् सबै किसानले धान काटी सक्छन् ।’

नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा कमलाखुँज क्षेत्र, मरिणखोला क्षेत्र र तीनपाटन क्षेत्र अन्नभण्डारका रुपमा रहेका छन् । जिल्लामा गत बर्ष १३ हजार ४४५ हेक्टरमा बर्षे धान खेती भएको र उत्पादन ५० हजार ११४ मेट्रिक्टन भएको कार्यालयले जनाएको छ ।

Advertisement

फोटो क्याप्सन
सिन्धुलीको कमलामाई नगरपालिका–४ मा बिहिबार परेको बर्षाबाट भिजेको खेतमा काटेर सुकाएकोे धानबाली ।
तस्बिर ः बाबुराम देवकोटा, सिन्धुली

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.