Click Chautari

राजधानीमा सिन्धुली जुनार मेला: प्रविधि र स्वादको नयाँ पहिचान

प्रविधि र स्वादको संगमसहित राजधानीमा साताव्यापी सिन्धुली जुनार मेला सुरु भएको छ। क्युआर कोड ट्रेसएबिलिटीदेखि हट जुनार जुससम्म, जुनारको आधुनिक यात्रा।
Advertisement

काठमाडौँ, २ पुस । सिन्धुलीको पहिचान बनेको जुनार अब केवल नुन–खुसानीमा साँधेर खाने फलमा सीमित छैन । प्रविधि, बजार र रचनात्मक पाककलाको संगमसँगै सन्धुलीको जुनार राजधानीमा नयाँ पहिचानसहित प्रस्तुत भएको छ । सिन्धुलीको सुप्रसिद्ध जुनारलाई आधुनिक प्रविधिमार्फत ब्रान्डिङ गर्दै यसको बहुआयामिक स्वाद र प्रयोग उपभोक्तासम्म पु¥याउने उद्देश्यसहित ललितपुर–काठमाडौँ क्षेत्रमा साताव्यापी ‘सिन्धुली जुनार मेला’ सुरु भएको हो ।

गोलञ्जोर गाउँपालिकामा हालै सम्पन्न ‘जुनार प्रवर्धन मेला २०८२’ लगत्तै राजधानीमा आयोजना गरिएको यो प्रवद्र्धनात्मक मेलाले सिन्धुली र काठमाडौँ बीच स्वाद र प्रविधिको सेतु निर्माण गरेको छ । स्टोरी साइकल, स्मार्ट एग्रीकल्चर र रैथानेको संयुक्त आयोजनामा सञ्चालित यस मेलाले पाँचौँ वर्षको निरन्तरता पूरा गरेको छ । यस वर्ष विशेष रूपमा गोलञ्जोर गाउँपालिकाको रतनचुरा र चिसापानी क्षेत्रका बगैँचाबाट उत्पादन भएको जुनारलाई मुख्य ब्रान्डका रूपमा प्रस्तुत गरिएको छ ।

Advertisement

सृजनशील कृषि फार्मका सञ्चालक योगेन्द्र थापाका अनुसार विगत पाँच वर्षको निरन्तर प्रयासले सिन्धुलीको जुनारलाई राजधानीमा छुट्टै पहिचान दिलाएको छ । उनका अनुसार सुरुका दिनमा स्वाद र पहिचानमा सीमित जुनार अहिले किसान, कथा र प्रविधिसँग जोडिएको विश्वासिलो ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ ।

प्रविधि र स्वादको संगमसहित राजधानीमा साताव्यापी सिन्धुली जुनार मेला सुरु भएको छ। क्युआर कोड ट्रेसएबिलिटीदेखि हट जुनार जुससम्म, जुनारको आधुनिक यात्रा।
योजना टेक्नोलोजी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक सहयोगमा कृषकका बगैँचा र रुखहरूको डिजिटल नक्सांकन गरिदै

यस वर्षको मेलाको सबैभन्दा ठूलो आकर्षण आधुनिक प्रविधिको उच्चतम प्रयोग हो । योजना टेक्नोलोजी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक सहयोगमा कृषकका बगैँचा र रुखहरूको डिजिटल नक्सांकन गरिएको छ । करेशा एपका निर्देशक निश्चल पोखरेलका अनुसार यस प्रविधिले कुन बगैँचामा कति उत्पादन हुन्छ भन्ने अनुमानित विवरण किसान र सहकारीलाई पहिल्यै उपलब्ध गराउँछ, जसले उत्पादन, बजार र आपूर्तिको योजना बनाउन सहज बनाएको छ ।

उपभोक्ताले जुनारमा राखिएको क्युआर कोड स्क्यान गरेर फल कुन बगैँचाबाट आएको हो, कहिले टिपिएको हो र सम्बन्धित कृषक को हुन भन्ने सम्पूर्ण विवरण सहितको ट्रेसएबिलिटी यात्रा सजिलै हेर्न सक्नेछन । यसले उपभोक्ता र किसानबीच विश्वासको सम्बन्ध थप मजबुत बनाएको आयोजकहरूको दाबी छ ।

प्रविधि र स्वादको संगमसहित राजधानीमा साताव्यापी सिन्धुली जुनार मेला सुरु भएको छ। क्युआर कोड ट्रेसएबिलिटीदेखि हट जुनार जुससम्म, जुनारको आधुनिक यात्रा।
जुनारमा राखिएको क्युआर कोड स्क्यान गरेर फल कुन बगैँचाबाट आएको हो, कहिले टिपिएको हो र सम्बन्धित कृषक को हुन भन्ने सम्पूर्ण विवरण सहितको ट्रेसएबिलिटी यात्रा सजिलै हेर्न सकिन्छ ।

मेलाले जुनारलाई परम्परागत नुन–खुसानीको स्वादभन्दा धेरै अगाडि लैजाने प्रयास गरेको छ । रैथानेका सञ्चालक जेसन शाहका अनुसार जुनारलाई ‘फल’ मात्र नभई ‘फुड एक्सपिरियन्स’ का रूपमा स्थापित गर्नु मेलाको मुख्य लक्ष्य हो । मेलामा जुनारबाट बनेका केक, आइसक्रिम, सलाद, क्रेप सुजेट र ताजा जुसको स्वाद लिन सकिन्छ । चिसो मौसमलाई लक्षित गरी तयार गरिएको ‘हट जुनार जुस’ र स्थानीय जौको रक्सीसँग मिश्रित ‘जुनार जेस्ट’ ले आगन्तुकलाई बिल्कुल नयाँ स्वाद अनुभूति गराइरहेको छ ।

Advertisement
प्रविधि र स्वादको संगमसहित राजधानीमा साताव्यापी सिन्धुली जुनार मेला सुरु भएको छ। क्युआर कोड ट्रेसएबिलिटीदेखि हट जुनार जुससम्म, जुनारको आधुनिक यात्रा।
जुनारबाट बनेका केक, आइसक्रिम, सलाद,

यस वर्ष उपभोक्ताको पहुँच सहज बनाउन हाटहरूको संख्या र स्थान पनि विस्तार गरिएको छ । पुस ३ गते भनिमण्डल हाटबाट सुरु हुने मेला पुस ४ र ५ (शुक्रबार दिउँसो १ बजेदेखि शनिबार विहान ६ देखि ११ बजेसम्म) हुनेछ । साझा सहकारी हाट, पुस ६ गते आइतबार, जाउलाखेल हाट पुस ५ र ६ गते (शुक्रबार–शनिवार), रैथाने रेस्टुरेन्ट (परिकार मेला) पुस ८ गते मंगलबार धोविघाट–झम्सिखेलमा आयोजना केन्द्रित हुनेछ । प्रत्यक्ष रूपमा मेलामा पुग्न नसक्ने उपभोक्ताका लागि काठमाडौँ अर्गानिक्सको वेबसाइटमार्फत अनलाइन अर्डर गरी घरमै जुनार मगाउने व्यवस्था पनि मिलाइएको छ ।

स्टोरी साइकलकी सञ्चालक दीपिका ज्ञवालीका अनुसार कृषि क्षेत्रलाई जलवायुमैत्री बनाउँदै प्रविधिमार्फत बजारसँग जोड्ने अभियानमा आफूहरू निरन्तर लागिरहेको छ । गोलञ्जोर गाउँपालिकाका प्रमुख कृषि अधिकृत चन्द्रकान्त चौधरीले यस्ता मेलाले सन्धुली जिल्लामा एक हजार हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको जुनार खेतीलाई प्रत्यक्ष बजारसँग जोडेर किसानलाई आर्थिक लाभ दिलाउने विश्वास व्यक्त गर्नुभयो ।

सुनकोसी–७ मझुवा, कमलामाई–३ जलकन्या, गोलञ्जोर गाउँपालिकाका १ देखि ६ वडासम्म र तीनपाटन–७ तोश्राखोलामा फैलिएका बगैँचामध्ये सबैभन्दा बढी जुनार खेती गोलञ्जोर क्षेत्रमा हुने गर्दछ । यही मेलामार्फत ‘गोलञ्जोर जुनार’ ले छुट्टै विशिष्ट पहिचान बनाउने अपेक्षा समेत गरिएको छ ।

सन्धुलीको जुनारको कथा भने आजको प्रविधिमा मात्र सीमित छैन । विसं १९८५ तिर सन्धुलीका कहरसिंह हायु मुद्दाको सिलसिलामा काठमाडौँ आउँदा तत्कालीन मुख्तियार भीमशमशेरको दरबार पुगेका थिए । दरबारमा आएको एउटा रसिलो अज्ञात फल उनले खान पाएनन, तर अरूले फालेको बिजु विया टिपेर गोजीमा हाले र सिन्धुली लगे । त्यही ‘कहरसिंहको बिजु विया’ बाट सुरु भएको जुनार खेतीले आज झण्डै एक शताब्दी पछि प्रविधिको काँध चढेर राजधानीको डिजिटल हाट र आधुनिक भान्सासम्मको यात्रा तय गरेको छ ।

हिजो दरबारको चौरबाट गोजीमा हालिएको एउटा बिजु, आज क्युआर कोडमार्फत किसानको कथा बोकेर उपभोक्ताको हातसम्म पुग्दैछ । यही यात्राले सिन्धुलीको जुनारलाई केवल फल होइन, पहिचान, इतिहास र भविष्यको प्रतीक बनाएको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.