Click Chautari

सहकारी सस्थाको सिन्डिकेट विरुद्ध किसानहरु

पछिल्लो समय सहकारी संस्थाहरुले बदनाम कमाइरहेको अवस्थामा हालसालै हिलटप जुनार बहुउद्देश्यीय सहकारी सस्था पनि आफ्ना सदस्यहरुको हित बिपरितको गतिविधिमा मुछिएको पाइएको छ ।
गत बर्ष २०७९ साल असार २९ गते सिन्धुली जिल्लाको गोलन्जोर गाउपालिका वार्ड नम्बर ५ हिर्दिङ अवस्थित किसानहरुलाइ भैंसी पालन ब्यबसाय सन्चालन गर्नको लागि भनेर ३ बर्षको लागि ऋण लगानी गरेकोमा अवधी भन्दा अगावै ऋण असुलीको लागि बिना कारण ऋण असुली पत्र काटदा किसानहरु पीडित हुन पुगेका छन ।
हिजो मिति २०८० साल जेठ २० गते हिलटप जुनार बहुउद्देश्यीय सहकारी सस्थाको अधिकृत लेखनाथ नेपाल द्वारा हस्ताक्षरित ऋण असुली पत्रमा सहकारी सस्थाका सदस्य नाम नखुलाउने शर्तमा एक जना किसानले रु १ लाख २८ हजार ६ सय ९२ रुपैया ५६ पैसा सावा र ब्याज रु ५ हजार ५ सय ५८ रुपैया सहित जम्मा रु. १ लाख २९ हजार २ सय ४८ रुपैया ३६ पैसा १ हप्ता भित्र बुझाउनको लागि भनेर ऋण असुली पत्र बिनाकारण काटेको पाइएकोछ ।
पत्रमा किसानले भैसीपालन गर्ने उद्धेश्यले ऋण लिएकोमा सस्थालाइ दूध नदिएर अन्यत्र दूध दिएको कारण देखाइ ऋण असुली पत्र पठाएका छन ।  यस सम्बन्धी ऋणीको श्रीमतीले क्लिक चौतारीमा आएर हाम्रो गुनासो सम्बोधन गरिदिन अनुरोध गरेका छन ।
उनले भनेकी छिन “हामीले सहकारी बाट ११ महिना अगाडि रु. २ लाख रुपैया भैसीपालन गर्नको लागि ऋण लिएको सत्य हो । अहिले सम्म कुनै महिना किस्ता बुझाउन छाडेको छैन हरेक महिना भइ नभै ऋण खोजेर पनि किस्ता बुझाएका छौं तर अचानक ऋण असुलिको लागि पत्र पाउँदा हामी छागाबाट खसेको अनुभुती भयो । हामी अन्योलमा परेकाछौ, हाम्रो पीडा कसले बुझिदिने ? जबकी हामिले भैंसी पालनको लागि ल्याएको पैसा भैसिपालनमा नै लगाएका छौं, हरेक महिना सहकारिको किस्ता पनि बुझाएका छौं । उनले गुनासो पोखे ।
उनी थप्छन ” अघिल्लो महिना सम्म हामीले हिलटप एकीकृत कृषि फार्मलाइ नै दूध दिएको थियौं तर सबै तिर दुधको मुल्य वृद्धि हुदा हाम्रोमा उचित मुल्य नदिएको कारण हामीले यो महिना बाट दुधको मूल्य अन्य डेरिबाट बढी आउने भएपछी अन्यत्र दिएको हो । तर हामीले ऋण लिदा दूध सहकारीले सन्चालन गरेको डेरिलाइनै दिने सहमती गरिएको छैन । सहकारी बाट युवा स्वोरोजगार कोषको सहुलियत ऋण लिएको हो हामीले उदेश्य बेगर लगानी गरेको छैन । तर उचित मुल्य निदिएको कारण हामीले दूध अन्त दिदा हामीलाई पत्र काटनु यो कहाँ सम्मको अन्याय हो ?” उनले हामी माथी प्रश्न गरेका छन ।
उनी थप्दै भन्छिन -“हामीले सहकारी लाइनै दूध दिनको लागि हामीलाई उनिहरुले निशुल्क भैंसी किनिदिएको हैन हामिले त सकि नसकी, भइ नभै सावा ब्याज तिरेका छौ । गाउमा सहकारी आउदा हामीले त सहज हुने भयो भनेर खुसी भएका थियौ तर यो सिन्डिकेटले हामीमाथी ठूलो अन्याए भएकोछ ।”
यस सम्बन्धमा सहकारी सस्थाका अध्यक्ष बासु देव घिमिरे सङ्ग प्रतिकृया लिदा उनले ऋणको उद्देश्य बिपरित गतिविधि भएकोले सस्थाले ऋण असुली पत्र काटेको हुन सक्छ तर यस बारेमा सस्थामा कुनै छलफल नभएकोले के हो त्यो बारेमा बुझ्नेछु भन्ने प्रतिक्रिया दिएकाछन ।
त्यसैगरी सस्थाका सचीव सागर प्रसाद बख्रेल सङ्ग प्रतिकृया लिदा उनले यो बारेमा आफू अनभिज्ञ रहेको प्रतिकृया दिएका छन ।
यसरी सहकारी सस्थाहरुले स्वार्थ राखेर ऋण लगानी गर्दा सस्थाको गरिमामा आच आउने कुरामा दुइमत नहोला । यसरी किसानहरुलाइ बाध्य पारेर ऋण लगानी गर्नु पक्कै पनि सहकारीको सिद्धान्त भित्र पर्दैन तसर्थ सम्बन्धित निकायको यस्ता गतिविधिमा ध्यान जानू जरुरी देखिन्छ ।
मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.