Click Chautari

लक्ष्य बहुउद्देश्यीय सहकारीले सुरुग¥यो व्यवसायिक पशुपालन परियोजना ।

सिन्धुली । सिन्धुलीको गोलन्जोर स्थित लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थाले ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना संगको सहकार्यमा लक्ष्य बहुउद्देश्यीय पशुपालन परियोजना अघि बढाएको छ । गोलन्जोर गाउपालिका वडा नं.५ हिर्दिङ्गमा आज सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्दै संस्थामा आवद्ध कृषक सदस्यहरुको आर्थिक तथा सामाजिक विकासको लागि उक्त परियोजना अघि बढाएको जनाएको हो ।

Advertisement

संस्थामा आवद्ध सदस्यहरु मध्ये पहिलो चरणमा ३९ कृषक परिवारलाई व्यवसायिक पशुपालनमा आवद्ध गराई स्वरोजगार बनाउने र उनिहरुबाट उत्पादीत गाई तथा भैसीको दुधको बजार व्यवस्था गरी सदस्यहरुको समृद्धिमा टेवा पु¥याउने योजना बनाएको छ ।

संस्थाले संचालन गरेको परियोजनाले ३९ परिवार कृषकहरुको पुर्वाधार युक्त आधुनिक गोठ निर्माण हुने, प्रत्येक कृषकलाई उन्नत नश्लको एक÷एक थान गाई तथा भैसी उपलब्ध गराउने, कृषकहरुको समय र लागत व्यवस्थापन गर्न ३५ कृषक परिवारलाई घाँस काट्ने मेसिन, पाँच जनालाई दाना बनाउने मेसिन, ३१ कृषक परिवारलाई दुध दुहुने स्टिलको वाल्टीन दिने, गाई तथा भैसीको सुविधाको लागि काउम्याट खरिद गर्ने, पशुहरुको जैविक सुरक्षा, पशुहरुको औषधि उपचार सहितको प्राविधिक सेवा, नश्ल सुधार तथा व्यवसायिक पशुपालन सम्बन्धी व्यवसायिक तालिम दिई कृषकहरुलाई सक्षम बनाउने छ ।

Advertisement

यस परियोजनाको सफल कार्यान्वयन हुन सक्दा वार्षिक १ लाख २२ हजार ६१० लिटर दुध थप उत्पादन हुने र त्यसबाट वार्षिक रु.८५ लाख ८२ हजार ७ सय लाभग्राही कृषक परिवारले थप आयआर्जन गर्न सक्नेछन् ।

परियोजनामा कुल रु. १ करोड ५६ लाख ९१ हजार ४०१ लगानी हुने र उक्त लगानी मध्ये ७४ लाख ७४ हजार ५४५ रुपौयाँ ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजनाबाट अनुदान प्राप्तहुने जनाइएको छ ।

संस्थाको अध्यक्ष सुभद्रा कुमारी थापाको अध्यक्षतामा बसेको सार्वजनिक सुनुवाई कार्यक्रममा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको सम्पर्क कार्यालय, धुलिखेलका कार्यालय प्रमुख डा.शौरभ श्रेष्ठ प्रमुख अतिथीको रुपमा उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.