खुर्कोट । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित वीपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
सुनकोशी गाउँपालिका–७ कानढुंग्रीस्थित सुनकोशी–मरिण डाइभर्सन सुरुङ ब्रेक थु्र भएको क्षेत्र नजिक वीपी राजमार्गमा सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१३२ नम्बरको विङ्गर गाडि अनियंत्रित भएर सडकबाट ४५ मिटर तल सुनकोशी नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
घाइतेमध्ये गाडी चालक सर्लाहीको बागमती नगरपालिका- २ घर भएका ३८ वर्षीय रुपलाल राउतलाई बढी चोट लागेको प्रहरीले जनाएको छ। उनलाई सिन्धुलीकै शुभजीवन अस्पतालमा सामान्य उपचार गरेर थप उपचारको लागि काठमाडौँको ट्रमा सेन्टरमा रेफर गरिएको छ।
बाँकी १० जना घाइतेको शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।