clickchautari.com

रोपौं यसपालि, आगौं हरियाली” नारा सहित बृक्षारोपण कार्यक्रम सम्पन्न

“रोपौं यसपालि, आगौं हरियाली” भन्ने नारा लिएर पानीपोखरी युवा क्लबले आज असार २९ गते बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सुनकोशी गाउँपालिका वडा नम्बर १ मा रहेको क्लबको आयोजनामा भएको उक्त कार्यक्रममा सुनकोशी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ, कार्यपालिका सदस्य डेना कोइराला, श्री कुशेश्वर विद्यापीठ माबी का प्रधानाध्यापक बिनोद कोइराला नेपाल रेडक्रस सोसाइटी कुशेश्वर दुम्जा उपशाखा सभापति रुपक श्रेष्ठ विभिन्न राजनितिक दलका प्रतिनिधि क्लबका सदस्यहरु तथा स्थानीयबासी लगायतको सहभागीतामा कार्यक्रम कार्यक्रम सम्पन्न भएको थियो ।

श्री कुशेश्वर बिद्यापीठपीठ माबी प्रांगढमा बृक्षारोपण गरेर सुरुवात भएको कार्यक्रममा दुम्जाका विभिन्न सार्वजनिक स्थान तथा बनमा झण्डै चार सय हाराहारीमा विभिन्न जातका बिरुवा रोपिएको थियो ।

जिल्ला वनकार्यालय सिन्धुलीले निशुल्क उपलब्ध गराएको बिरुवा सदरमुकाम देखी कार्यक्रम स्थल सम्म ढुवानी को प्रबन्ध कुमारी बैंक लिमिटेड शाखा कार्यालय सिन्धुलीका शाखा प्रबन्धक तथा स्थानीय युवा सुवोध कोइरालाले गर्नुभएको क्लबका अध्यक्ष रोशन तोलङ्गेले जानकारी गराउनुभयो ।

बृक्षारोपणको सुरुवात र अगुवाइ क्लबले गरे पनि यसको संरक्षण रेखदेखमा सम्पूर्ण समुदायले समेत अपनत्व लिएर सहयोग गर्नुपर्ने दायित्व रहेको र त्यो साथ सहयोग पाउने कुरामा आफू बिश्वस्त रहेकोे समेत अध्यक्ष तोलङ्गेले बताउनु भयो ।

साथै यो सुरुवात भएको र सुरुवाती कदम बाट धेरै कुरा सिक्ने अवसर समेत मिलेको ले आगामी बर्षहरुमा समेत यो कार्यलाई सुधार गर्दै निरन्तरता दिईने बताउनु भयो

। पानीपोखरी युवा क्लबले स्थानीय स्तरमा विभिन्न सामाजिक काममा हातेमालो तथा अगुवाई गर्दै समुदायमा सकारात्मक सन्देश प्रबाह गर्दै आएको छ ।

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.