Click Chautari

जन्मदिनमा थामी विद्यार्थीसंग बबिन्द्रलाल

मरिण, सिन्धुली १५ पुस ०८१

Advertisement

मरिण गाउँपालिका ७ गैरी गाउँ थामीटोलका विद्यार्थीलाई सोमबार शैक्षिक सामाग्री प्रदान गरिएको छ । पेसागत महासङ्घ सिन्धुलीका अध्यक्ष तथा स्थानीय तह कर्मचारी सङ्घ नेपालका केन्द्रीय सचिव बबिन्द्रलाल माझीले आफ्नो जन्मदिनको अवसर पारेर बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्नु भएको हो ।

जन्म दिनको अवसरमा आधारभूत विद्यालय गैरी गाउँ थामीटोलका २७ जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । बालबालिकालाई आवश्यक पर्ने कपि, डट पेन, सिसाकमल, कटर, इरेजर, अलइनवान किताब वितरण गर्नुभयो ।

Advertisement

वडा अध्यक्ष चन्द्र बहादुर थिङले दूर दराजमा रहेका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोगले विद्यार्थीहरूलाई ठुलो हौसला मिलेको बताउनुभयो । जन्मदिनमा थामी समुदायका बालबालिकाको शैक्षिक उपलब्धिका लागि सहयोग गरेकोमा धन्यवाद दिँदै यस्तो परोपकारी कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

बबिन्द्रलाल माझीले जन्मदिनमा गर्ने खर्चलाई बालबालिकालाई सहयोग गर्दा सामाजिक काम अरूका लागिसमेत प्रेरणादायी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम बहादुर थामीले बताउनुभयो । यस सहयोगले समुदायमा रहेका थामी समुदायका विद्यार्थीहरूलाई ठुलो हौसला भएको उहाँको भनाई रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक प्रधानाध्यापक बुलमाया श्रेष्ठले बबिन्द्रलाल माझीलाई जन्म दिनको शुभकामना व्यक्त गर्दै जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौँ भन्ने हेतुले विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेकोमा धन्यवाद दिनुभयो । यस सहयोगले विद्यार्थीलाई शैक्षिक गतिविधिमा थप आकर्षण गर्न र उनीहरूलाई थप प्रोत्साहन गर्न सहयोग पुगेको उहाँले बताउनुभयो ।

यस्तै समाजसेवी गोविन्दलाल माझीले जन्मदिनको शुभकामना व्यक्त गर्दै भन्नुभयो “ हामी जन्मदिन मनाउने नाममा हजारौँ खर्च गर्न सक्छौँ तर गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागी कहिल्यै सोच्दैनौ, हरेक सामुदायिक विद्यालयको विद्यालयको शैक्षिक विकासका निम्ति निरन्तर सहयोग गर्न आग्रह गर्दछु ।” विद्यार्थीको शैक्षिक विकासका लागी जन्मदिनको खर्च कटाएर शैक्षिक सामाग्री सहयोग गरेकोमा उहाँले धन्यवाद दिनुभयो ।

Advertisement

पेसागत महासङ्घ सिन्धुलीका अध्यक्ष तथा स्थानीय तह कर्मचारी सङ्घ नेपालका केन्द्रीय सचिव बबिन्द्रलाल माझीले आफूले आधारभूत तहमा अध्ययन गर्दै गरेका विद्यार्थीको शैक्षिक विकासका लागी सहयोग गरेको बताउनुभयो । जन्मदिनको अवसरमा आगामी वर्षहरूमा पनि गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागी अनवरत रूपमा सहयोग गर्ने लक्ष्य रहेको बताउनुभयो ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.