Click Chautari

इरानबाट थप चार नेपालीको उद्धार

काठमाडौँ, असार ११ ।

Advertisement

इरानबाट थप चार नेपालीको उद्धार भएको छ । दिल्लीस्थित नेपाली दुताबासका अनुसार इरानको मसादबाट चार जना नेपाली दिल्ली आइपुगेका हुन् ।

Advertisement

उनीहरुलाई दूतावासका अधिकारीहरू र भारतको विदेश मन्त्रालयका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । उनीहरू आजै नेपालको बुटवल प्रस्थान गर्ने दुताबासले जानकारी दिएको छ ।

यसअघि भारत सरकारले इरानबाट दुई नेपालीको उद्धार गरेको थियो । इरानमा रहेका ११ जना नेपालीले उद्धारको अनुरोध गरेपनि अहिलेसम्म ६ नेपाली फर्किएका छन् । 

एभरेष्ट न्यूज एजेन्सी,

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.