Click Chautari

नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

काठमाडौं, असार १६।

Advertisement
नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार बस्नेतलाई ८ वर्ष र मेयर जस्तो ओहोदामा बसेका कारणले थप ३ महिनाको कैद सजाय सुनाएको हो । 

पद्म हाउजिङसँग ९ करोड २२ लाख रुपैंयाको घुस लेनदेनको प्रकरणमा विधेश अदालतले बस्नेतलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।  त्यस्तै पद्म हाउजिङका सञ्चालक राजु कँडेललाई २ करोड ३० लाखको जरिवाना गरेको छ । साथै हाउजिङ र पद्मा मर्चेन्टले पनि सोहि दरले जरिवाना तिर्नुपर्ने आदेशमा उल्लेख छ ।

Advertisement

विशेष अदालतले बस्नेतलाई १३ करोड १२ लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेकोमा दोषी ठहर गरेको छ । सम्पत्ति शुद्धीकरणमा उनलाई ३ वर्ष कैद सजाय तोकिएको छ । त्यो कैद भने ८ वर्षको कैदमा गाभिनेछ । विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरणमा २६ करोड २५ लाख रुपैंया जरिवाना तोकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत र व्यापारी कँडेलसहितलाई प्रतिवादी बनाएर २०८१ को पुस १४ गते विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो ।

बस्नेत २०७४ र २०७९ गरी दुवै स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट मेयरमा विजयी भएका थिए । 

एभरेष्ट न्यूज एजेन्सी, 

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.