Click Chautari

सिन्धुलीमा इभि गाडी र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

Advertisement

सिन्धुली, असोज १३ । आज बिहान सिन्धुलीमा इभि गाडी र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । बिहान करिब ६:३० बजे कमलामाई नगरपालिका–४ चियाबारी नजिकै बीपी राजमार्गमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार दुबै जना घाइते भएका हुन् ।

काठमाडौंबाट लहानतर्फ जाँदै गरेको रुपेश कुमार महत्तोले चलाएको म.प्र.०१-००१ ज ०२४७ नम्बरको ईभी गाडीले बर्दिबासतर्फबाट काठमाडौं जाँदै गरेको बा.प्र.०२-०३९ प ४५६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का २५ वर्षीय प्रविन तामाङ घाइते भएका छन् । उनको दाहिने खुट्टामा चोट लागेको छ । त्यस्तै, पछाडि सवार ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ का २२ वर्षीय मानध्वज बोगटीको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । दुबैजनाको अवस्था मध्यम रहेको र तत्काल उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ ।

दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । ईभी गाडी र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.