Skip to main content

Click Chautari

कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित भारतीय नागरिक सिरहाबाट पक्राउ

साउन १, सिरहा

Advertisement
सिरहाको सिरहा नगरपालिका–७ बाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन् । प्रहरीका अनुसार नियमित चेकजाँचका क्रममा भारतीय नम्बर प्लेट BR 07 AZ 4215 भएको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेको थियो । त्यसपछि प्रहरीले पेस्तोल, गोली तथा मोटरसाइकलसहित यादवलाई नियन्त्रणमा लिएको हो ।

घटनाबारे प्रहरीले हतियारको स्रोत, उद्देश्य तथा अन्य सम्भावित संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.