Click Chautari

सुनकोशीमा पिकअप दुर्घटना, एकजनाको मृत्यु

दुर्घटना फाइल फाेटाे
Advertisement

सिन्धुली, साउन ९ । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–६ स्थित शितलपाटी नजिकै बिहीबार राति एक गम्भीर सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाण्डौबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०१–०२४ च ९९१३ नम्बरको योद्धा पिकअप गाडी बिहीबार राति करिब १२:५० बजे बी.पी. राजमार्गको शितलपाटी खण्डमा सडकबाट अन्दाजी ५०० मिटर तल खोँचमा खस्दा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परेका मकवानपुर मनहरी गाउँपालिका–४ घर भएका चालक निरज रेग्मी घाइते भएका छन् । उनलाई थप उपचारका लागि धुलिखेल अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

उक्त पिकअपमा सवार चालकका दाजु धर्मराज रेग्मीलाई स्थानीय सुनकोशी सामुदायिक अस्पताल, खुर्कोट ल्याई उपचार गरिए पनि चिकित्सकले बिहान ३:४५ बजे मृत घोषणा गरेका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरी र स्थानीयवासीको सहयोगमा रातिकै समयमा उद्धार कार्य गरिएको थियो । बी.पी. राजमार्गको उक्त खण्ड विगतमा पनि जोखिमपूर्ण रहँदै आएको बताइएको छ ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.