Click Chautari

माधव नेपालको बयान सकियो, पक्षमा बहस गर्न वकिलहरुबीच हानथाप

एभरेष्ट न्यूज एजेन्सी,

Advertisement

काठमाडौँ, असार ११।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बुधवार विशेष अदालतमा उपस्थित भएका छन्।  पतञ्जली जग्गा घोटाला प्रकरणमा बयान दिन अध्यक्ष नेपाल अदालतमा उपस्थित भएका हुन् ।  

Advertisement

विशेष अदालत स्रोतका अनुसार न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा पूर्वप्रधानमन्त्री नेपालको बयान सकिएको छ । बयान सकिएपछि अख्तियारको तर्फ र नेपालका तर्फबाट वकिलहरूले बहस गर्ने छन् । 

नेपालको पक्षबाट बहस गर्न डेढसयभन्दा वकिलले आफ्नो नाम टिपाएको विशेष अदालत स्रोतले एभरेष्ट न्यूज एजेन्सीलाई जानकारी दिएको छ । नेपालको पक्षमा बहसगर्ने वकिलमा वरिष्ठ अधिवक्ताहरु  शम्भु थापा, गोपाकृष्ण घिमिरे, डा. चन्द्रकान्त ज्ञवाली, गोविन्द बन्दी, खम्मबहादुर खाती, केदारप्रसाद कोइराला, रमणकुमार श्रेष्ठ, टीकाराम भट्टराई, हरिहर दाहाल, विश्वकान्त मैनाली लगायत रहेका छन् ।

विशेष अदालत परिसरमा नेपालको पक्षबाट बहस गर्न वकिलहरुबीच हानथाप देखिएको छ । करिब डेढ सयले बहसनामा भरेपनि कति जनाले बहस गर्न पाउछन् भन्ने स्पष्ट भएको छैन ।   त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाटबाट वरिष्ठ अधिवक्ता सुशील पन्त नेतृत्वको टिमले बहस गर्ने बताइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजारको विगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो । 

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.