Click Chautari

सुनकोसी नदीमा बाध निर्माण करिब ११ प्रतिशत

सुनकोसी नदीमा बाध निर्माण करिब ११ प्रतिशत

कात्तिक ९, सिन्धुली ।

Advertisement
राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यि आयोजना अन्तर्गत सुनकोसी नदीमा बाध निर्माणको समय अबधि ६० प्रतिशत सकिदा भौतिक प्रगती करिब ११ प्रतिशत मात्रै भएको छ ।

निर्माण व्यवसायि पटेल–रमण जेभीले २०७९ साल पुस महिनामा (सन् २०२३, जनवरी १) सम्झौता गरी सुनकोसी नदीमा बाँध निर्माण सुरु गरेपनि हालसम्म भौतिक प्रगती करिब ११ प्रतिशत मात्रै भएको छ । उक्त जेभिले चार बर्ष सात महिनामा सक्ने गरी सम्झौता गरी काम सुरु गरेको भएपनि अहिले बाँध निर्मार्ण कार्य निकै सुस्त रहेको आयोजनाले जनाएको छ ।

आयोजनाका सिनियर डिभिजन ईन्जिनियर तथा सूचना अधिकारी असोक गौतमका अनुसार बाँध निर्माणको समय अवधि ६० प्रतिशतभन्दा बढी सकिदा भौतिक प्रगती पनि यतिखेर ४० प्रतिशत माथि नै हुनु पर्दथ्यो । निर्माण व्यवसायिले सम्झौता अनुसार काम गर्न नसकेपछि सम्झौता बमोजिम बैकल्पिक व्यवस्था गर्ने बिषयमा बिभाग र मन्त्रालयमा बिगतदेखि नै छलफल हुदै आएको छ ।

Advertisement

उक्त आयोजना अन्तर्गत सुनकोसी तथा तामाकोसीको दोभान भन्दा नौ सय मिटर तल सिन्धुलीको सुनकोसी गाँउपालिका–७ कानढुंग्रीमा सुनकोसी नदीमा बाध निर्माण भई रहेको आयोजनाले जनाएको छ ।

‘सुनकोसी नदीमा करिब ३० मिटर आग्लो र १५८ मिटर लम्बाईको बाँध निर्माण गर्न पहिलो चरणको काम अन्तर्गत रामेछाप जिल्लातर्फ कपर ड्याम (अस्थायी बाध) निर्माण गरी पानी तर्काएर बाँधको स्थायी संरचना अलिअलि निर्माण हुदै आएको छ,’ उहाँले भन्नुभयो, ‘हालसम्म भएको उक्त प्रगती पनि अस्थायी र स्थायी कामको प्रगती हो ।’ उक्त आयोजनाको यस अघि बनेका सरकारको विभागिय मन्त्रीबाट पटक–पटक स्थलगत निरिक्षण गरी बाँध निर्माणको कार्यलाई तीब्र बनाउन निर्देशन हुदै आएपनि निर्माण व्यवसायिले कामको गति बढाउन नसकि रहेको छैन ।

बाँध निर्माणको काम चित्त बुभ्mदो नभएपछि सरकार उक्त निर्माण व्यवसायिसँगको ठेक्का तोड्ने प्रकृयामा पुगेको पनि आयोजनाले जनाएको छ । उक्त व्यवसायि कम्पनिले बाध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपिया लागतमा ठेक्का सम्झौता गरेको छ । आयोजना अन्तर्गत कुसुमटारबाट १३ दशमलब तीन किलो मिटर लम्बाईको सुरुङ्मार्ग टनेल बोरिङ मेशिन (टिविएम) बाट निर्माण गरि २०८१ बैशाखमा ‘ब्रेक थ्रु’ भई सकेको छ । उक्त पाँच दशमलव पाँच डायमिटरको सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)ले करिब ११ अर्ब रुपियामा ठेक्का लिएको थियो ।

सुनकोेसी नदीमा बाध निर्माण भएपछि १३ दशमलब तीन किलो मिटर लम्बाईको सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कुसुमटार स्थित मरिण खोलामा खसालीने छ । त्यहाँ ६६ दशमलब २९ मिटर हेटडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिने छ । आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपिया रहेकोमा पछिल्लो अपडेट हुदा ४९ अर्ब ४२ करोड रुपिया पुगेको आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्ष ०७७÷०७८ बाट सुरु भएको आयोजना ०८४÷०८५ सम्ममा सक्ने लक्ष्य रहेको छ ।

Advertisement

आयोजना अनुसार पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणको काम अन्तर्गत बाँध, पावर हाउस, पानी फर्काउने ईन्टेक लगायतका संरचना निर्माण रहेको छ । तेस्रो चरणको काम विद्युत गृहभित्र विद्युत उत्पादन गर्नुपर्ने संरचना बनाउनु पर्ने छ । चौथो चरणमा उत्पादन भएको विद्युत सर्लाहीको नबलपुर पु¥याई राष्ट्रिय प्रशारण लाईनमा जोड्नु पर्ने रहेको छ ।

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पु¥याउने रहेको आयोजनाले जनाएको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.