मरिण, सिन्धुली, ८ असार ०८१
मरिण गाउँपालिकाले शनिवार आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँ सभामा आगामी आर्थिक वर्ष ०८१र०८२ का लागि ६३ करोड ६० लाख ६३ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।
गाउँपालिकाले पुँजीगत तर्फ २० करोड ३९ लाख ९५ हजार र चालु तर्फ ४३ करोड २० लाख ६८ हजार ८ सय रुपैयाँ गरी कुल ६३ करोड ६० लाख ६३ हजार ८ सय रुपैयाँको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आगामी आर्थिक वर्षका लागि पनि गाउँपालिकाले कृषि, पर्यटन, सामाजिक विकास, भौतिक विकास, शिक्षा, स्वास्थ्य लगायतलाई प्राथमिकता दिएको छ ।
गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँचौँ अधिवेशन पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष विमर्श मुक्तान९प्रख्यात०ले “कृषि, पशुपालन र पूर्वाधारस् मरिण गाउँपालिका विकासको आधार” भन्ने दीर्घकालीन सोच हासिल गर्न नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गरिने बताउनुभयो ।
आधुनिक कृषि प्रणालीको विकास गरी व्यावसायिक, उत्पादनमुखी कृषि तथा पशुपालनलाई प्रवर्द्धन गर्दै गाउँपालिकालाई खाद्यान्न, दूध र मासुमा आत्मनिर्भर बनाउन नवप्रवर्तनकारी एवं समुदायमा आधारित पशुपन्छी वृहत् साझेदारी कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई छ । मरिणका किसानलाई प्रोत्साहन र स्थानीय उत्पादन एवं उत्पादित वस्तुलाई प्रवर्द्धन गर्न बाहिरी जिल्लाबाट आयात हुने तरकारी लगायतका कृषिजन्य उपजमा प्रतिबन्ध लगाई आयातलाई प्रतिस्थापन गर्ने नीति गाउँपालिकाले अवलम्बन गर्ने भएको छ ।
वित्तीय पहुँचबाट टाढा रहेका किसानहरूको लागि सरोकारवाला बैङ्क तथा वित्तीय संस्था सँग समन्वय गरी विना धितो विना झन्झट २ लाख रुपैंया सम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।