Click Chautari

सिन्धुलीका स्थानीय तहद्वारा खर्च सार्बजनिक

तीनपाटन गाँउपालिकाको प्रमुख प्रशासकिय भवन । तस्बिर : बाबुराम देवकोटा, सिन्धुली
Advertisement

सिन्धुली, श्रावण ६ । सिन्धुली जिल्लामा नौ वटै स्थानीय तहले आर्थिक सुशासन पार्दर्शीताका लागि गत आर्थिक बर्ष ०८१÷०८२ मा भएको बजेट खर्च सार्बजनिक गरेका छन् ।

स्थानीय तहले आफ्नो वेभसाईट तथा सामाजिक सञ्जाल मार्फत गत आर्थिक बर्ष ०८१/०८२ का लागि बिजियोजित बजेटको असार २५ गतेसम्मको प्रगती सार्बजनिक गरेका हुन् । गत आवमा जिल्लाका नौ वटै पालिकामा गरी कुल बिजियोजित छ अर्ब ६८ करोड ५६ लाख ३८ हजार ९६२ रुपियामा पाँच अर्ब ८३ करोड ३३ लाख १० हजार ८९४ रुपिया बजेट खर्च भएको छ । बिजियोजित उक्त बजेटमा ८५ करोड २३ लाख २८ हजार ६८ रुपिया बजेट खर्च हुन नसकि फिर्ता (फ्रिज) भएको छ ।

Advertisement

खर्च भएको बजेट मध्ये चालु तर्फ चार अर्ब १४ करोड ६२ लाख १५ हजार ८६१ रुपिया र पूँजीगत तर्फ एक अर्ब ६८ करोड ७० लाख ९५ हजार ३३ रुपिया रहेको छ । जिल्ला सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकाले कुल एक अर्ब ३५ करोड १९ लाख ५५ हजार रुपिया बजेट बिजियोजन गरेकोमा चालु र पूँजीगत गरी ८४.४१ प्रतिशत अर्थात एक अर्ब १४ करोड १२ लाख १७ हजार ६८१ रुपिया गरेको छ ।

गत आबमा चालु तर्फ ९२ करोड ६७ लाख २० हजार ७४७ रुपिया बजेट बिनियोजन भएकोमा ८३ करोड चार लाख ९१ हजार २३७ रुपिया अर्थात ८९.६२ प्रतिशत र पूँजीगत तर्फ ४१ करोड ७२ लाख ३४ हजार २५२ रुपिया बजेट बिनियोजन भएकोमा ३१ करोड सात लाख २६ हजार ४४४ रुपिया अर्थात ७४.४७ प्रतिशत बजेट खर्च भएको कमलामाई नगरपालिकाले जनाएको छ ।

त्यस्तै दुधौली नगरपालिकाले कुल एक अर्ब नौ करोड ६१ लाख ११ हजार चार सय रुपिया बजेट बिजियोजन गरेकोमा चालु र पूँजीगत गरी ८६.४९ प्रतिशत अर्थात ९४ करोड ८० लाख ७९ हजार ८०५ रुपिया गरेको छ ।

गत आबमा चालु तर्फ ७७ करोड तीन लाख १५ हजार रुपिया बजेट बिनियोजन भएकोमा ६८ करोड ५७ लाख ३९ हजार ५४७ रुपिया अर्थात ८९.०२ प्रतिशत र पूँजीगत तर्फ ३२ करोड ५७ लाख ९६ हजार चार सय रुपिया बजेट बिनियोजन भएकोमा २६ करोड २३ लाख ४० हजार २५८ रुपिया अर्थात ८०.५२ प्रतिशत बजेट खर्च भएको दुधौली नगरपालिकाले जनाएको छ ।

Advertisement

हरिहरपुरगढी गाँउपालिकाले गत आवमा ७० करोड २२ लाख ९६ हजार तीन सय रुपिया बजेट बिनियोजन गरेकोमा ७६.२५ प्रतिशत अर्थात ५३ करोड ५५ लाख ३७ हजार १७० रुपिया खर्च गरेको छ । गाँउपालिकाका अनुसार उक्त बजेटमा चालु तर्फ ४२ करोड ३८ लाख ८३ हजार ९६० रुपिया बिनियोजन गरेकोमा ७८.२३ प्रतिशत अर्थात ३३ करोड १६ लाख १२ हजार ८५६ रुपिया खर्च भएको छ । पूँजीगत तर्फ २७ करोड ८४ लाख १२ हजार ३४० रुपिया बिनियोजन गरेकोमा ७३.२५ प्रतिशत अर्थात २० करोड ३९ लाख २४ हजार ३१४ रुपिया खर्च भएको छ ।

उता तीनपाटन गाँउपालिकाले गत आवमा कुल बजेट ८८ करोड १३ लाख १० हजार २२० रुपिया बिनियोजन गरेकोमा ८८.५७ प्रतिशत अर्थात ७८ करोड छ लाख २१६ रुपिया बजेट खर्च गरेको छ । उक्त खर्चमा चालुतर्फ ९०.४८ प्रतिशत र पूँजीगत तर्फ ८३ दशमलब ७५ रहेको छ ।
गोलन्जोर गाँउपालिकाले गत आवका लागि कुल ५७ करोड १३ लाख ११ हजार ५०० रुपिया बजेट बिनियोज गरेकोमा ८४.२७ प्रतिशत अर्थात ४८ करोड १४ लाख ९९ हजार ९४३ रुपिया खर्च गरेको छ । उक्त खर्चमा चालुतर्फ ८६.१५ प्रतिशत र पूजीगत तर्फ ७९.२५ प्रतिशत रहेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

मरिण गाँउपालिकाले गत आवमा ६३ करोड ४२ लाख ६३ हजार आठ सय रुपिया बजेट बिनियोजन गरेकोमा ८१.२५ प्रतिशत अर्थात ५२ करोड १२ लाख २७ हजार १४१ रुपिया खर्च गरेको छ । उक्त खर्चमा चालुतर्फ ८४.४१ प्रतिशत र पूँजीग तर्फ ७६.८४ प्रतिशत रहेको छ ।

घ्याङ्खेक गाँउपालिकाले गत आवमा ४४ करोड ७० लाख ४८ हजार ९६२ रुपिया बजेट बिनियोजन गरेकोमा ७८.०७ प्रतिशत अर्थात ३५ करोड १८ लाख ४३ हजार ७८५ रुपिया खर्च गरेको छ । उक्त खर्चमा चालुतर्फ ८४.४४ प्रतिशत र पूँजीग तर्फ ६६.५६ प्रतिशत रहेको छ ।

सुनकोसी गाँउपालिकाले गत आवमा ६६ करोड चार लाख ७७ हजार नौ सय रुपिया बजेट बिनियोजन गरेकोमा ७७.४९ प्रतिशत अर्थात ५१ करोड १८ लाख ४१ हजार १३५ रुपिया खर्च गरेको छ । उक्त खर्चमा चालुतर्फ ९२ प्रतिशत र पूँजीग तर्फ ६७ प्रतिशत रहेको छ ।

फिक्कल गाँउपालिकाले गत आवमा ५४ करोड आठ लाख ६३ हजार ८८० रुपिया बजेट बिनियोजन गरेकोमा ८५.३१ प्रतिशत अर्थात ४६ करोड १४ लाख ६४ हजार १९ रुपिया खर्च गरेको छ । उक्त खर्चमा चालुतर्फ ८०.६२ प्रतिशत र पूँजीग तर्फ ७७.८७ प्रतिशत रहेको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.