प्रिया आचार्य (प्रशिक्षार्थी पत्रकार)
जखनी, असार ३१ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १ जखनीमा रहेको शंकरेश्वर माविमा शिक्षकको अभावका कारण विद्यार्थीहरुको अध्ययनमा असर परि रहेको छ ।
हाल विद्यालयमा आवश्यक बिषय अनुसार पर्याप्त शिक्षक नहुदा केही कक्षाहरु नियमित रुपमा सञ्चालन हुन सकेका छैनन् । विद्यार्थीले गणित, सामाजिक, विज्ञान, जस्ता बिषयमा कक्षा कोठामा सिकाई सहज नभएको गुनासो गरेका छन् ।
विद्यालय प्रशासनले पनि यो समस्या समाधानका लागि सम्बन्धित निकायमा जानकारी गराएपनि हालसम्म समाधान भएको छैन । स्थानीय अभिभावक तथा समुदायले यथासिघ्र नया शिक्षकको व्यवस्था गरि दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।
शिक्षामा सुधार ल्याउन सबै निकायको ध्यान जानु पर्ने स्थानीय बताउछन् । विद्यालयका प्रधानाध्यापक शम्शेरबहादुर सुनुवार विद्यालयमा शिक्षकको अभावले स्टाफ नर्सलाई समेत तल्लो कक्षामा पढाउन लगाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘शिक्षकको अभावले खासगरी कक्षा ११ र १२ मा शिक्षा र कमर्श चलाउन समस्या भएको छ ।’
उहाँका अनुसार कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयमा हाल कार्यालय सहयोगी समेत २० जना शिक्षक कार्यरत रहेका छन् भने झण्डै पौने तीन सय विद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षक अभावको समस्या सम्बन्धित निकायमा भन्दा अहिलेसम्म सुनुवाई नभएको प्रअ सुनुवारले बताउनुभयो ।