Click Chautari

गोलञ्जोर र फिक्कलमा निजामति कर्मचारी सङ्गठन गठन

फिक्कल सिन्धुली ५ माघ ०८१

गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिकामा शनिवार नेपाल निजामती कर्मचारी सङ्गठन गठन गरिएको छ । गाउँपालिका स्तरीय पहिलो भेलाले पालिका स्तरीय नेपाल निजामती कर्मचारी सङ्गठन गठन गरेको हो ।

गोलञ्जोर गाउँपालिकामा १० सदस्य र फिक्कल गाउँपालिकामा १३ सदस्य कार्यसमिति गठन गरिएको नेपाल निजामती कर्मचारी कर्मचारी सङ्गठन सिन्धुलीका अध्यक्ष पदम बहादुर मगरले जानकारी दिनुभयो ।

गोलञ्जोर गाउँपालिकाको अध्यक्षमा सिर्जना थापा, उपाध्यक्षमा भावना अधिकारी, सचिवमा देवी प्रसाद पहाडी, कोषाध्यक्षमा यमन श्रेष्ठ चयन हुनु भएको छ । सदस्यमा दीपक थापा, गोपाल मग्राती, भास्कर थापा, हिरा राना मगर, हिमाल श्रेष्ठ र विनीता मगर चयन हुनु भएको छ ।

गोलन्जोर गाउपालिका कमिटी गाउपालिका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, गाउपालिका प्रबक्ता रेगनराज थापा, नेकपा एमाले गोलन्जोर गाउकमिटी अध्यक्ष पुर्ण थापाले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

यस्तै फिक्कल गाउँपालिकाको अध्यक्षमा नारायण प्रसाद अधिकारी, उपाध्यक्षमा लेखनाथ फुयाँल, सचिवमा रमेश सार्की, कोषाध्यक्षमा सानु पौडेल चयन हुनु भएको छ । सदस्यहरूमा बद्री गौतम, गोविन्द शाही, दिल कुमारी राना, धन कुमारी सुनुवार, तुलसा लामिछाने, फडिन्द्र पहाडी, चेत प्रसाद काफ्ले, हिरालाल मगर र गुणराज पहाडी चयन हुनु भएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन सिन्धुलीका अध्यक्ष पदम बहादुर मगरको अध्यक्षता एवं प्रमुख अतिथि नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज पुरुषोत्तम दाहाल, स्थानिय तह कर्मचारी संघ सिन्धुलीका अध्यक्ष मुकेश तामाङ, नेकपा एमाले फिक्कल गाउपालिका कमिटी अध्यक्ष रामप्रसाद भाण्डारी, वडा अध्यक्ष शंकर भण्डारी, टेकबहादुर रजन मगर, बैकुण्ठलाल पहाडी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाको पहिलो अधिवेशन सम्पन्न गरिएको नेपाल निजामती कर्मचारी कर्मचारी सङ्गठन सिन्धुलीका सचिव डिल्ली सौगात घिमिरेले जानकारी दिनुभयो । सङ्गठनको १२ औँ जिल्ला अधिवेशन यही माघ १२ गते हुने भएकाले माघ १० गते भित्र पालिका अधिवेशन सम्पन्न गर्ने कार्य योजना अनुसार पालिका अधिवेशन गरिएको बताउनुभयो ।

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.