Click Chautari

एसइइ दिएर बसेका विद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर तालिम

सिन्धुलीको तिनपाटन गाउँपालिकाको वडा नं. ७ मा वडा कार्यालयले आजबाट एस.इ.इ. दिएर बसेका विद्यार्थीहरु र इच्छुक शिक्षकहरुलाइ लक्षीत गर्दै ३ महिने आधारभूत निःशुल्क कम्प्युटर तालिम संचालन गरेकोछ ।

Advertisement

तिनपाटन गाउँपालिकाको आ.व. ०८१÷८२ को गाउँसभाको स्वीकृत बजेटबाट उक्त आधारभुत कम्प्युटर कक्षा संचालन गरिएकोहो । जसमा एस.इ.इ. दिएर बसेका विद्यार्थी र शिक्षकहरुले यस तालिमबाट भरपुर लाभ लिन सक्ने उक्त वडाका वडा अध्यक्ष युवराज पहाडीले बताउनु भयो ।
२०८१ साल चैत्र १८ बाट संचालन भएको तालिम श्री हिराथुम्का माध्यामिक विद्यालय तोस्रामखोलामा विहान ७ बजे देखि ९ बजे सम्म दैनिक २ घण्टा संचालन हुने उहाँले बताउनु भयो । यस वर्ष ३९ जना विद्यार्थीले उक्त मा.वि.बाट एसइइ परिक्षामा सहभागी भएका थिए ।

आजैबाट सुरुभएको ३ महिने आधारभूत कम्प्युटर तालिममा आज १२ जना विद्यार्थीहरु सहभागिए भएका थिए भने भोलिबाट अरु इच्छुक विद्यार्थीहरु थप हुने उहाँले बताउनु भयो । यसै क्रममा उहाँले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले पनि १२ कक्षाको परिक्षा पछि यस्तै तालिम उनीहरुलाई पनि संचालन गरिने बताउनु भयो ।

Advertisement

गाउँका अधिकांस विद्यालयहरुमा कम्प्युटर ल्यावको स्थापना भएता पनि उक्त ल्याबहरु त्यति प्रभावकारी हुन नसकिरहेको अवस्थामा तिनपाटन गाउँपालिका वडा नं. ७ ले यसलाई राम्रो सदुपयोग गरेको देखिन्छ ।

यदि जनप्रतिनिधीहरुमा आफ्नो स्थानीय तहलाई केही गर्ने इच्छाशक्ती हुने हो भने धेरै काम गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहारण तिनपाटन गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष युवराज पहाडी हुन । जसले चुनाव जितेदेखि यस्ता उदाहरणीयकाम गर्दै आउनु भएकोछ ।

यस भन्दा अगाडी पनी थुप्रै उदाहरणीयकाम गरेर देखाइसकेका छन् भने उनैको पहलमा कार्यविधि बनाएर गाउँकै त्रिपुरेश्वर शिक्षा क्याम्पसमा अध्ययनरत स्नातक तह अध्ययनरत गरिव तथा जेहन्दार विद्यार्थी छात्रवृत्ति उपलब्ध गराउने ब्यवस्था समेत गरेका थिए । जसमा गाउँमै युवाहरु बसोबास गर्ने वातावरण तयार गरिएको पहाडीले बताउनु भयो ।

उहाँ थप्नु हुन्छ –“यदि गाउँमै शिक्षा र रोजगारीको ग्यारेन्टी गरिने हो भने युवाहरु विदेशीनु नपर्ने र गाँउमा युवाहरुलाइ रोक्नको लागि विभिन्न रोजगारीको कार्यक्रम पनि ल्याउने कोशिस गरीरहेकोछु ।” उहाँले बताउनु भयो ।

Advertisement

पहाडी वडा अध्यक्ष भएपछि वडाको ७ नम्बर वडा भित्र भएको विद्यालयहरुमा उपलब्ध स्रोतलाई सहि सदुपयोग गरी न्यूनतम खर्चमा कम्प्युटर कक्षा संचालन गरिएकोछ । अघिल्लो आर्थिक वर्षमा पनि एक सय जना विद्यार्थीहरु लाभान्वीत भएका थिए ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.