एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । इरानले इजरायलको लागि जासुसी गरेको आरोपमा तीन जनालाई मृत्युदण्ड दिएको छ ।
इरानी मिडियाका अनुसार इजरायलको मोसादका लागि जासुसी गरेको आरोपमा इरानले तीन जनालाई मृत्युदण्ड दिएको हो । उनीहरुलाई ‘हत्या’ गर्न देशमा उपकरण तस्करी गर्ने प्रयास गरेकोमा पनि दोषी ठहराइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
मृत्युदण्ड दिइएकाहरुमा इद्रिस अली, आजाद शोजाई र रसूल अहमद रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
इरानले इजरायलसँगको १२ दिनको युद्धमा ७ सयभन्दा बढीलाई जासुसी र इजरायललाई सहयोग गरेको आरोपमा पक्राउ गरेको छ । इजरायलले इरानी सेनाका उच्च अधिकारीलाई मार्न इरानमै आफ्नो जासुसी संयन्त्र बनाएको रिपोर्टमा बताइएको छ ।
मनकाे कुरा ब्यक्त गर्नुस