नेपालको शिक्षा प्रणालीमा दशकौँदेखि थुप्रै सुधार प्रयासहरू भइरहेका छन । सरकारी लगानी, पाठ्यक्रममा परिमार्जन, शिक्षक तालीम र नीति निर्माण यी सबै काम भइरहे पनि देशभरका सामुदायिक विद्यालयहरूले अपेक्षित उपलब्धि हासिल गर्न भने अझै संघर्ष गरिरहेका छन । यस्ता परिवेशमा एउटा सामुदायिक विद्यालय यस्तो पनि छ, जसले भिन्न सोच, निष्ठा र नवप्रयोगमार्फत समग्र विद्यालय प्रणालीमै नयाँ ऊर्जा थपिरहेको छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१४, माथिल्लो रानिवासमा अवस्थित
वि.सं. २०१८ सालमा स्थापना भएकाे यस विद्यालय विगत १९ वर्षदेखि निरन्तर यही विद्यालयको रूपान्तरणमा समर्पित थिङ्गले विद्यालय मात्र होइन, समग्र समुदायको सोच र भविष्य परिवर्तन गर्ने काम गरिरहनुभएको छ । उहाँको यात्राको कथा केवल विद्यालय व्यवस्थापनको होइन, समर्पण, नवप्रवर्तन र नतिजामूलक नेतृत्वको ज्वलन्त उदाहरण हो ।
यसै सन्दर्भमा क्लिकचौतारी डटकमका सम्पादक नेत्रविक्रम थापा (विवश) सँगको विस्तृत संवादका क्रममा थिङ्गले विद्यालयको अवस्था, चुनौती र सम्भावनाहरूबारे मन छुने दृष्टिकोणहरू राख्नुभयो । उहाँले भन्नुभयो — “हामी माछा मारेर दिने होइन, माछा मार्न सिकाउने कोसिस गरिरहेकाछौं । हामी परनिर्भरता हैन, आत्मनिर्भर बन्न सिकाउने शिक्षालय हौं ।”

यस लेखमार्फत हामी एक यस्तो विद्यालयको कथा समेट्दैछौं, जसले केवल पढाउने हैन, उत्पादनमार्फत शिक्षाको अर्थ बदलिरहेको छ । यसले हजारौं सामुदायिक विद्यालयहरूलाई आत्ममूल्याङ्कन गर्न प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं ।
शिक्षामा दुरदृष्टि ः विद्यालय मात्र होइन, प्रयोगशाला बन्नु पर्छ
नेपाली शिक्षामा सुधारको बहस दशकौँदेखि चल्दै आएको छ । नीति बने, कार्यक्रम आए, विदेशी सहयोग पनि आयो—तर प्रश्न उही छ । के हामीले चाहेजस्तो परिणाम सामुदायिक विद्यालयहरूले दिन सकेका छन ? धेरै ठाउँमा जबाफ नकारात्मक देखिए पनि सिन्धुलीको माथिल्लो रानिवासस्थित श्री प्रभात माध्यामिक विद्यालय भने फरक उदाहरण बनेको छ ।

श्री प्रभात माध्यमिक विद्यालय आज एउटा शिक्षालय मात्र होइन, व्यावहारिक जीवन सिकाउने प्रयोगशाला बनिरहेको छ । उहाँ विश्वास गर्नुहुन्छ कि विद्यालय कागजी प्रमाणपत्र उत्पादन गर्ने यन्त्र मात्र होइन, जीवनलाई जीवन्त बनाउने केन्द्र हुनुपर्छ ।
विद्यालयमा अहिले कृषि, माछा पालन, ड्रागन फ्रुट खेती, तरकारी खेती र मह उत्पादनजस्ता कार्यक्रमहरू सञ्चालनमा छन । यी गतिविधिहरू विद्यालयलाई आत्मनिर्भर बनाउनुका साथै बालबालिकाको बाल–मस्तिष्कमा आत्मनिर्भर नेपालको सपना गढाउने आधार बनिरहेका छन ।

सूचना प्रविधिमैत्री विद्यालय ः डिजिटल शिक्षाको मार्ग
सूचना प्रविधि अब वैकल्पिक साधन रहेन । यो शिक्षाको अपरिहार्य अङ्ग हो । श्री प्रभात माध्यामिक विद्यालयले देखाएको अभ्यासले यो प्रमाणित गरिदिएको छ कि इच्छाशक्ति, नेतृत्व र सही योजनाले ग्रामीण विद्यालयहरू पनि डिजिटल शिक्षामा अग्रणी बन्न सक्छन । शिक्षा भनेको समयअनुसार रूपान्तरण हुनुपर्ने निरन्तर अभ्यास हो । बदलिँदो प्रविधि, विद्यार्थीको चासो, शिक्षण विधि र जानकारीको पहुँचले आजको शिक्षालाई सूचना प्रविधिमैत्री बनाउनु अपरिहार्य बनाएको छ । यही आवश्यकतालाई आत्मसात गर्दै विद्यालयले आफूलाई डिजिटल शिक्षाको मार्गमा अगाडि बढाउन लागिपरे थिङ्ग बताउनु हुन्छ ।

वि.सं. २०१८ सालमा स्थापना भएकाे विद्यालयमा प्रधानाध्यापक थिंङले पछिल्लो १९ वर्षदेखि विद्यालयलाई शिक्षाको नयाँ धारतर्फ डोर्याउँदै आउनु भएको छ । जसमा वि.सं. २०७० सालबाट कृषि प्राविधिक शिक्षा विषय थप गरेका थिङ्गकाे दूरदृष्टिमा शिक्षा केवल किताबी ज्ञान होइन, व्यवहारिक, प्रविधिमैत्री र आत्मनिर्भर बनाउने माध्यम हुनुपर्छ भन्ने विश्वास ब्यक्त गर्नुहुन्छ ।
उहाँको आगामी योजना “एक विद्यार्थी, एक डिजिटल सीप” हो । यस अवधारणा अनुसारः
- प्रत्येक विद्यार्थीले कक्षा १० मा पुग्दासम्म एउटा डिजिटल सीप (जस्तै ग्राफिक्स डिजाइन, कोडिङ, कृषि डेटा इन्ट्री, भिडियो सम्पादन) सिकिसकेको हुनेछ ।
- विद्यालयमा डिजिटल उद्यमशीलता क्लबको स्थापना हुनेछ जसले यहाँबाट गइसकेपछि विद्यार्थीमा अब के पढ्ने वा के बन्ने भन्ने अन्योलता हटनेछ ।
- स्थानीय उत्पादनको डिजिटल बजारकरण (ई–कमर्स प्लेटफर्म) मा विद्यालयका विद्यार्थीहरूको भूमिका हुनेछ ।
शिक्षक र विद्यार्थी दुवै प्रविधिको प्रयोगमा सशक्त बन्नु पर्ने उहाँको विचार छ । त्यसैले विद्यालयमा डिजिटल उपकरणको उपयोग, इन्टरनेटमा आधारित पठन/पाठन प्रणाली र सूचना प्रविधिमैत्री वातावरण सृजना गर्ने कामका लागी उहाँ लागी पर्नुभएको छ ।

सामुदायिक स्वामित्व र अभिभावक सन्तुष्टि
श्री प्रभात माध्यामिक विद्यालय, माथिल्लो रानिवासमा विद्यालय विकासको मूल मन्त्र नै समुदायको सक्रिय सहभागिता हो । विद्यालयको कृषि फार्म, माछापालन, तरकारीखेती जस्ता व्यावसायिक कार्यमा स्थानीय बासिन्दाले आफ्नो बालबालिकाको उपस्थितिलाई गरेको प्रोत्साहनले विद्यालयलाई साँच्चिकै सामुदायिक बनाएको छ ।
प्र.अ. थिंङ भन्नुहुन्छ –“विद्यालय सफल हुन समुदायको अपनत्व चाहिन्छ । अभिभावकले जब विद्यालयलाई आफ्नै सम्पत्ति ठान्छन, तब मात्र परिवर्तन सम्भव हुन्छ ।”

अभिभावकहरूले विद्यालयमा भएको व्यावसायिक शिक्षालाई उपयोगी मानेका छन । विद्यार्थीहरू घर फर्केर आमाबाबुलाई आधुनिक खेती, माछापालन, तरकारी खेतीको कुरा सुनाउँछन, जसले उनीहरूमा आत्मनिर्भरता र व्यवहारिकता विकसित भइरहेको प्रष्ट देखाउँछ ।
निजी विद्यालयभन्दा सामुदायिक विद्यालयमा बालबालिकालाई पठाउने गर्व महसुस गरिरहेका अभिभावकहरू अब विद्यालयका अभिन्न अंग बनेका छन । यस्तो सामूहिक भावना र स्वामित्वले विद्यालयलाई सशक्त र आत्मनिर्भर बनाउँदै लगेको छ ।
सीपयुक्त नेतृत्व, आत्मनिर्भर विद्यार्थी
शिक्षक नेतृत्वमा जब दृष्टिकोण परिवर्तन हुन्छ, तब विद्यालयको स्वरूप पनि बदलिन्छ । श्री प्रभात माध्यामिक विद्यालयका प्र.अ. अरुण कुमार थिंङको सीपयुक्त र दूरदर्शी नेतृत्वले यही कुराको जीवन्त प्रमाण प्रस्तुत गरेको छ ।

उहाँको नेतृत्वमा विद्यालयले व्यावसायिक कृषि, माछापालन, ड्रागन फ्रुट खेती, माहुरीपालन जस्ता व्यवहारिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसबाट विद्यार्थीहरू केवल किताबी ज्ञानमा होइन, जीवनोपयोगी सीपमा पनि दक्ष बन्दै गएका छन ।
उहाँ भन्नुहुन्छ –“हामी माछा खुवाउने होइन, माछा पालेर मार्न सिकाउने विद्यालय हौं ।” यसले नै आत्मनिर्भरताको बाटो खोलेको छ । बालबालिकामा सीप विकास सँगसँगै सोच, दृष्टिकोण र आत्मविश्वासमा समेत उलेख्य वृद्धि भएको छ ।
सीपयुक्त नेतृत्वले सिर्जना गरेको यस्तो परिवेशले विद्यार्थीलाई मात्र होइन, समाजलाई समेत आत्मनिर्भर बनाउने सपना बोकेको छ ।
शिक्षा र कृषि सँगै — एक अद्वितीय प्रयोग

श्री प्रभात माध्यामिक विद्यालयले शिक्षा र कृषि संयोजनको एक अद्वितीय अभ्यास सुरु गरेको छ । प्र.अ. थिंङको पहलमा विद्यालयमा माछापालन, तरकारी खेती, ड्रागन फ्रुट, माहुरीपालन, मकै खेति जस्ता व्यावसायिक कार्यक्रम सञ्चालनमा छन ।
यी कार्यक्रमहरूले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यवहारिक दक्षता प्रदान गरिरहेका छन । पाठशालाकै परिसरमा उत्पादन हेर्ने, संलग्न हुने र त्यसबाट आय आर्जनसमेत हुने अभ्यासले उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरेको छ ।
विद्यालय केवल ज्ञान दिने केन्द्र होइन, उत्पादन र जीवन सीप सिकाउने प्रयोगशाला बन्नु पर्छ भन्ने सोचलाई व्यवहारमा उतारेको यो प्रयास साँच्चिकै अनुकरणीय छ ।
पूर्व विद्यार्थीहरूको सहकार्य र योगदान — अबको आवश्यकता
यस विद्यालयमा अध्ययन गरेर देश–विदेशमा सफलता हासिल गरेका धेरै पूर्व विद्यार्थीहरू आज विभिन्न जिम्मेवार भूमिकामा छन । उनीहरूको यात्रा यही गाउँको माटो, यही विद्यालयको शिक्षाबाट सुरू भएको हो ।
आज समयले उनीहरूलाई पुनः बोलाइरहेको छ— आफू हुर्किएको शैक्षिक थलोको रुपान्तरणमा सहभागी हुन, विद्यालयले सूचना प्रविधि, डिजिटल शिक्षण, प्रयोगशाला, छात्रावास, तथा फार्मस्टे जस्ता नयाँ अवधारणामा पाइला अगाडि बढाउन खोजिरहेको छ । तर, स्रोत र संरचनाको कमी अझै चुनौतीका रूपमा उभिएको छ ।

त्यसैले अबको आवश्यकता हो —
पूर्व विद्यार्थीहरूले आफ्नो ज्ञान, समय, अनुभव र आवश्यक सहयोगमार्फत विद्यालयलाई आधुनिकता, नवप्रवर्तन र आत्मनिर्भरतातर्फ अघि बढाउन एक जुट भएर हातेमालो गर्नु ।
प्र.अ. थिंङ भन्नुहुन्छ –
“हामी माछा मारेर दिने होइन, माछा पाल्न सिकाउने विद्यालय बनाउँदैछौं । अब चाहिएको छ— त्यही सिकाइमा टेवा पुर्याहउने पुर्व विद्यार्थीहरूको सशक्त सहभागिता ।”
यो विद्यालय तपाईंहरूको बिर्सनै नसकिने शैक्षिक थलो हो । अब समय आएको छ— फेरि फर्किएर यसलाई अझै उज्यालो बनाउने ।
“गर्विलो इतिहास बनाउने कर्णधार उत्पादन गर्ने केन्द्र” को स्वप्न साकार गर्न, तपाईंको साथ र सहभागिता आजको आवश्यकतामा रूपान्तरण भइसकेको छ ।
शिक्षा–आन्दोलनमा एक योध्दाः प्रेरणाको मूर्त रूप
शिक्षा पेशा मात्र होइन, जुनून हो । यो कुरालाई जीवन्त उदाहरणमा रूपान्तरण गर्नु लागि पर्नु भएकोछ प्र.अ. अरुण कुमार थिंङ । विगत १९ वर्षदेखि श्री प्रभाव माध्यमिक विद्यालय, माथिल्लो रानीवास, सिन्धुलीमा कार्यरत रहँदै उहाँले शिक्षा क्षेत्रमै एउटा आन्दोलनको बीउ रोप्नु भयो – जुन आज हरियो विरुवामा परिणत हुँदैछ ।
उहाँको यात्रा सामान्य शिक्षकबाट सुरू भएको हो, तर उहाँको सोच सामान्य कहिल्यै थिएन । सामुदायिक विद्यालयलाई निजीस्तरको भन्दा बढी प्रभावकारी बनाउने सपना उहाँले देख्नुभयो । उहाँको विश्वास थियो – “समयसँगै नबदलिने शिक्षकहरू डेट एक्सपाएर हुन्छन ।” त्यसैले उहाँ आफैं बदलिनुभयो—अनलाइन कक्षा, प्राविधिक तालिम, नयाँ अवधारणाहरू र डिजिटल शिक्षणमा आफूलाई अपडेट राख्न सुरु गर्नुभयो ।
विद्यालयलाई उहाँले कक्षाकोठाभित्रको पाठ्यपुस्तक शिक्षासम्म सीमित राख्नु भएन । “विद्यालय प्रयोगशाला हो, बालबालिकाको स्वप्नलाई सीपमा ढाल्ने थलो हो ।” भन्ने दर्शनलाई उहाँले व्यवहारमा उतार्नुभयो ।
ब्यवसायिक कृषि, माछा पालन, माहुरी पालन, ड्रागन फ्रुट उत्पादनदेखि सूचना प्रविधिसम्म—हरेक प्रयोगमा उहाँ अग्रमोर्चामा उभिनुहुन्छ । माछा मारेर दिने होइन, माछा पाल्न सिकाउने शिक्षाशैली आजका बालबालिकालाई आत्मनिर्भर बनाउन सक्षम हुँदैछ ।
त्यसैले त, उहाँ केवल एक प्राचार्य मात्र होइन—सामुदायिक शिक्षामा क्रान्ति ल्याउने एक योध्दा हुनुहुन्छ । उहाँको शिक्षा–आन्दोलन, नेतृत्वदक्षता र दूरदृष्टिले आज धेरै विद्यालयहरूका लागि मार्गदर्शन बनेको छ ।