Click Chautari

टुप्पी बाजे – पसिना, सपना र प्रेरणाको नाम

टुप्पी बाजे – पसिना, सपना र प्रेरणाको नाम

“मोटरसाइकलको बिग्रिएको क्षणले सुरु भएको यात्रा, प्रेरणाको कथा बन्न पुग्छ जब मुलकोटको घाम, खुर्कोटको ग्यारेज र एकजना टुप्पी बाजे भेटिन्छन्।”

Advertisement

काठमाण्डौंबाट आफ्नो घरतर्फ फर्कँदै थिएँ । मुलकोट आइपुग्दा अचानक मेरो बाइकमा असहज परिस्थीति देखा पर्न थाल्यो । त्यो अप्रत्याशित बिग्रावटसँगै मनमा पनि थोरै झुँझुली थियो । जति बेला यात्रा रमाइलो हुनुपथ्र्यो ठीक त्यसै बेला आफ्नो सवारी साधनले सास्ती दिँदा मन खिन्न हुनु स्वाभाविक हो ।

अलिअलि परेसानी र तनावको साथ खुर्कोट बजार आइपुगे । त्यहाँ आएपछि अचानक मेरो एउटा आत्मीय भाई । भाइ पनि के भन्नु उमेरले उ भाइ भए पनि ब्यवहार र जिम्मेवारीले उ मेरो धेरै घनिष्ट साथी अझ कञ्जुस्याई नगरी भन्नु पर्दा उ मेरो दाइ भन्दा कम थिएन । उसको याद आए संगै म सबै तनावलाई भुलेर उसको कार्यालयमा चिसो एसीको हावा खाने मनस्थिती बनाएर लागे उसको कार्यालयमा । सुवास थापा कुमारी बैंक खुर्कोट शाखामा प्रमुख छन । म उनीकहाँ पुग्दा बैंकको शान्त वातावरण अचानक रमाइलो माहोल बन्यो उसको स्वागत गर्ने शैलिले । त्यहाँ सुवासको आत्मीयताले बाकी अन्य कर्मचारीहरु पनि उत्तिकै प्रिय र आत्मीय थिए ।

Advertisement

केहीबेरको रमाइलो कुरा पछि कुराकानीको क्रममै मैले बाइकको समस्या सुनाएँ । मुस्काउँदै उनले सहजै भने,

ह्या दाइ, के चिन्ता लिइराख्नु भएको ! टुप्पी बाजेको ग्यारेज छदैछ नि

‘टुप्पी बाजे’ — नाम पहिले पनि सुनेकै थिएँ । सिन्धुलीमा उनको चर्चा धेरैपटक कानमा परेको थियो । केही अनौपचारिक चियापानमा उनीसँग बसेको अनुभव पनि थियो । तर, उनको जीवनको गहिरो कहानी थाहा थिएन ।

त्यसदिन, हामी (सुवास र म) सिधै ग्यारेजतिर लाग्यौं ।

Advertisement

ग्यारेजको डाक्टर — टुप्पी बाजे

ग्यारेज पुग्दा, मैले पहिला देखेका टुप्पी बाजेभन्दा बिलकुलै फरक रूप देखेँ — शरीर पसिनाले निथ्रुक्क भिजेको, हात र लुगा मोबिल र ग्रिजले लतपतिएको । गर्मीले थिचिएको खुर्कोट बजार, अनि त्यो अवस्थामा पनि उहाँको अनुहारमा आत्मविश्वास र शान्त हाँसो झल्किरहेको थियो । उनको त्यो सकारात्मक औराले हामीलाइ झनै खिचेको थियो ।

हेर न दाइ’, सुवासले मलाई हेर्दै भने, ‘यीनि यही ग्रीजभित्र सपना देख्छन ।

हामीलाई देखेपछि उनी पनि खुल्दै आत्मीयता प्रकट गर्दै हास्न लागे।

मैले भने “लाैन रवी सर याे खटाराेले ज्यादै दुःख दियाे

त्यसपछि उनी बोले —

‘सर पनि चिन्ता गर्नुहुन्छ ! तपाईं त डाक्टर टुप्पी बाजेकोमा आइपुग्नुभयो, अब तपाइकाे बाइकको उपचार पक्का छ । अस्पतालको डाक्टरले त सबै विमारीको ग्यारेन्टी खासै दिँदैन होला, तर म तपाइको बाइकको ग्यारेन्टी लिन्छु !’

त्यो आत्मविश्वास, त्यो झल्किएको स्नेह ।।। त्यो कुनै साधारण ग्यारेज सञ्चालकको होइन, त्यो आत्मनिर्भर यात्राको दर्शन थियाे ।

केही समयमै बाइकको ‘सर्जरी’ सकियो, उनले चिकित्सकीय शैलीमा नै बोले,

‘अब यो बाइकलाई कुनै रोग छैन ।’

चिया, चिसो कथा र जीवनको तातो प्रेरणा

काम सकिएपछि उनले चियाको अफर गरे । हामीले भनेका थियौँ — ‘यो गर्मीमा चिया?’

तर टुप्पी बाजेको जवाफ झनै झटारो थियो —

फलामलाई फलामले काटिन्छ हजुर, अनि गर्मीलाई ताताे चियाले !’

आजभाेलि प्राय म यात्रामा कथा खोजि हिड्न थालेको छु । म निपूर्ण त हैन तर आफूले आफैलाई ठुटेबुटे कथाकार मानिटोपाल्छु ।

चियाको चुस्कीसँगै मैले उनको जीवनलाई खोतल्न थालेँ । मलाई यस्तो लाग्दै थियो —

‘म एकजना ग्यारेज सञ्चालकसँग होइन, एउटा पूर्ण कथासँग भेट गर्दै छु ।’

भागेर गएका छोराको, ग्यारेजसम्मको यात्रा

टुप्पी बाजे — उनको वास्तविक नाम रवी आचार्य । सर्लाही जिल्लाको रानीगन्जमा, सम्पन्न ब्राह्मण पुरेत परिवारमा जन्मिएको उनी ३ दाजुभाइ मध्येका कान्छो सन्तान । बुवा इज्जतदार पुजारी, आमा गृहिणी । बुवाले उनलाई डाक्टर बनाउने सपना देखेका थिए, तर रवीको सपना परिवारको भन्दा विल्कुल फरक थियो ।

रवीको बुवा (गहिरो स्वरमा) रविकी आमा हाम्रो कान्छोलाई डाक्टर बनाउने सपना बालुवामा पानी नै भयो । उ पढ्दैन रे ।”

आमा (आँखाको डिलमा आसुँपार्दै): “हामीले उसलाई सधैं किताब र कलम दियौं, तर हामीले उसको भावनालाई बुझ्न सकेनौं । मन त हाम्रो दुख्छ नी हामीले मात्र रहर गरेर नहुने रहेछ ।”

यो सबै कुरा उनले पल्लो कोठाबाट आमा बुबाको वार्ता सुन्दा उसको मन कटक्क नखाएको हैन । तर के गर्ने सपना त सपना हो । उनी हाम्रो चियाको रमाइलो गफको विचमा थोरै भावुक भन्न पुगे ।

जब आफ्ना दौतरीहरु कोहि विदेश गए, कसैले ब्यवसाय सम्हाले । परिवारले कि त डाक्टर बन्नु कि भने सरकारी जागिर खानु भनेर दवाव दिन थाले । घरका परिवारका सदस्यहरू खास गरी आमा बुबाले पढाइ, ज्ञान भन्दा ठूलाे केही हैन भन्दा उनी भने ” धन भन्दा बिद्या ठूलो, बिद्या भन्दा सीप ठूलो ” भन्ने एउटा दृढ अठाेट उनीभित्र गढेकाे थियाे ।

रवि विभिन्न दवाव र अन्तर्मनकाे दवावको विचमा उनले सबै कुरालाई विर्सिएर मन भित्रको आवाज सुने । उनको सोच थियो “देशमै केही गर्नुपर्छ, आफ्नो खुट्टामा आफै उभिनु पर्छ ।” तर, त्यो बाटो त्यति सहज थिएन जति आज उनी सफल छन् ।

उनले आफै भित्र एउटा अठोट गरेका थिए ग्यारेजको काम सिकेर आफै मालिक बन्ने तर एउटा सम्मानित पुरेतको छोरा ग्यारेजमा काम गर्न जानु समाजको लागि एउटा अपाच्य कुरा थियो । आफन्त, समाज, गाउँ सबैले हेला गरे, गिज्याए ।

तर सूर्यको किरण झै अटल आत्मा विश्वास भएका रवि एक दिन घरमा कसैको सल्लाह विना भागेर हेटौंडाको एउटा ग्यारेजमा पुगे । एक्लै, चुनौतीहरु बोकेर । त्यहाँ उनले साइकल र मोटरसाइकल मर्मतको सीप सिक्न थाले । समाजले गिज्यायो, आफन्तले तिरस्कार गरे । उनले टुटेका र फुटेका साइकल र वाइकलाई जोड तर उनी कहीले आफ्नो लक्ष्यमा टुटेनन । जति अपमान आयो त्यति उनीभित्र आट र साहस थपिदै गए ।

‘टुप्पी बाजे’ — ग्यारेजको छायाँमा जन्मिएको नाम र कर्मभूमिको उज्यालो

एकदिन यहिँ बजारका एउटा बालक वुवाको मोवाइल बोकेर मेरै ग्यारेजको वेन्चमा बसेर मोबाइलमा गेम खेल्दै थिए । अचानक उनको मोबाइलमा घण्टी बज्यो र त्यो सानो बाबुले फोन उठाए ।

बुबाले सोधे,कहाँ छस बाबु ?

त्यो सानो बाबुले जवाफ दियो

म टुप्पी बाजेकोमा !” बालकको सहज जवाफ थियो । त्यो दिनदेखि ‘रवी आचार्य’ गुमनाम भए, र ‘टुप्पी बाजे’ जन्मिए — नाम एकजना अबोध बालकको मुखबाट जन्मियो, तर त्यो नामले गोलन्जोर गाउँपालिकामा एउटा जीवन दर्शन बोकेको पात्र जन्मायो । रवीलाई थाहा थिएन, गोलन्जोर पुग्दा उनले आफ्नो नाम मात्र बदलिने छैन सम्पूर्ण जीवनको दिशा बदल्नेछ भनेर ।

२०६७ साल कात्तिक २९ गते । खुर्काेट बजारमा हल्का चिसो मौसममा टिलिक्क टल्किएको घाम मध्यान्नको समय । एक झोला, दुई टुल्स, थोरै हिम्मत र एक मात्र सपना बोकेर उनी ग्यारेज खोल्न सुरुवात गर्दाको क्षण थियो । न कोही चिनेजानेको, न पैसा, न ग्राहक । थियो त केवल उनी भित्रको अठोट र आत्माविश्वास

म यहाँ व्यवसाय गर्न होइन, कर्म गर्न आएको हुँ,”

उनले आफैसँग भनेका थिए, “शायद यिनै डाँडाकाँडाले पुर्खाको आशिर्वाद दिएर मलाई ताने जस्तो लाग्छ नत्र म यो अन्जान ठाउँमा कसरी पो आउथे होला र ?”

बुवा भन्ने गर्नुहुन्थ्यो, “हाम्रा बाजेहरू सिन्धुली यतै नजिकैबाट सर्लाही झरेका थिए ।” सायद पुर्खाले छोडेको अधुरो कर्म यहीं पूरा गर्नु थियो मैले ।

पहिलो दिनको ग्यारेज – ग्राहकभन्दा बढी मौनता थियो । सानो छाप्रो, एक सानो बोर्ड — “टुप्पी बाजेको मोटरसाइकल ग्यारेज

तर ग्राहक? एकजना पनि थिएन । कहिले–काहीं चिया पकाउँदा पसलबाट धुवाँ निस्कन्थ्यो, तर त्यो धुवाँले ग्राहक ल्याउन सक्दैनथ्यो ।

शुरूका दिनहरूमा त उनले मजाकमै भनेका थिए — “ग्राहक त छैनन, अब स्यालहरूलाई बाइक चलाउन सिकाउनुपर्ला जस्तो छ ।

“पेटले भोक सहेको हो, तर सपनाले कहिल्यै हिम्मत हारेन ।” उनैका शब्द थिए यी ।

आम्दानी थिएन, न त निश्चितता, तर एकजना ग्राहक फर्किएपछि भन्थे —

टुप्पी बाजे तपाइको मुस्कानमा मोहनी अनी हातमा जादु छ ।

यही विश्वासले उनलाई दिन दिनै उर्जा दिन थाल्यो । बिस्तारै बजारमा चल्न थाल्यो– टुप्पी बाजेको जादु ।

कोही टायर मा हावा हाल्न आउथे त कोही चेन कस्न ।

तर फर्कने बेलामा ग्राहक बाइक मात्र होइन, मुस्कान पनि लिएर जान्थे । “टुप्पी बाजेकोमा एक पटक गए पुग्छ ।” यो भनाइ अहिल खुर्कोट बजारको टोल–टोलमा गुन्जिन्छ ।

ग्यारेजको सीमा नाघेर हृदयभित्र पस्ने मान्छे – टुप्पी बाजे

टुप्पी बाजे अब केवल ग्यारेजभित्र सीमित पात्र रहेनन । उनी खुर्कोट बजारमा मात्र नभई सिन्धुलीभरि सेवा, सहयोग र सद्भावको पर्याय बनेका छन । मोटरसाइकल बिग्रिँदा फोन उठाउने पहिलो नाम हो — “टुप्पी बाजे कहाँ हो?” दुर्घटनामा मानिस घाइते भए, खबर पुग्ने पहिलो अनुहार — टुप्पी बाजे । कहाँबाट आउँछ यस्तो चेतना ? जब उनले बिपी राजमार्गमा दुर्घटना भएर छटपटाइरहेका एकजनालाई बोकेर अस्पताल पुर्याए, ती बिरामीको जीवन बाँच्यो । पछि बिरामी निको भएर फर्केर “टुप्पी बाजे, तपाईं नआएको भए म सायदै बाँच्दिनथे” भने । त्यही दिनदेखि उनले ठाने — “अब जहाँ पीडा हुन्छ, म त्यहाँ पुग्छु, उपचार नभए पनि उपस्थिति लिएर ।

उनी अब सेवा र व्यवसाय दुवैलाई एउटै तुलोमा राख्छन । उनलाइ बजारमा ग्यारेज चलाउनुू भन्दा बढी समाज हाँक्नुू जस्तो हुन थालिसकेको छ । हिजो जसले गिज्याएका थिए, आज उनीहरूकै नजरमा टुप्पी बाजे सम्मानित छन । सम्मान त त्यति बेला देखियो, जब गृह मन्त्रालयबाटै उनको सामाजिक योगदानका लागि प्रशंसा पत्र दिइयो । टुप्पी बाजे मुस्कुराउँदै भन्छन, “पहिलोपटक मलाई कोही अस्पतालबाट फर्केर धन्यवाद दिन आयो । त्यसदिनदेखि मैले ग्यारेज मात्रै हैन, मान्छेको मन पनि मर्मत गर्न थाले ।”

टुप्पी बाजेको ग्यारेजको अर्को चर्चा छ — त्यो हो ‘टुप्पी बाजे’ भन्ने नाम नै । फरक, चाखलाग्दो र कहिल्यै नसुनिएको यही विषयमा एकदिन विपी राजमार्गमा यात्रा गर्ने क्रममा गाडीमा केही समस्या आएपछि त्यहाँ पुगेका कलाकार तथा नेपालकै चर्चित नाम मनोज गजुरेलले एक दिन आफ्नो फेसबुक वालमा पोष्ट गरेका थिए । “ आफ्नो ब्यवसायरउद्योगको नाम आकर्षक र फरक किन राखिन्छ रु खुर्कोटका टुप्पी बाजे भन्नुहुन्छ( ‘फरक नामलाई सबैले संझिन्छन् । आकर्षक नाममा ग्राहकको आकर्षण रहिरहन्छ ।’ टुपी बाजेको बिचारसंग सहमती राख्दै मेरो थप बिचार छ( सेवा पनि राम्रो हुनुपर्छ । जे होस्, ‘आउट अफ बक्स’ नामहरुले रमाईलो गराउंछन् । तपाईंले कस्ता कस्ता नामरसाईनबोर्ड भेट्नु भएको छ रु

एउटा झोलामा औजार र मनमा सपना बोकेर खुर्कोट आएको मान्छे, आज समाजको हिरो बनेका छन । धेरै युवाले भन्छन — “नेपालमा केही हुँदैन।” टुप्पी बाजेले प्रमाणित गरेर देखाएका छन — कि देशमै पनि सम्भावना छ, आँट, इमान र निरन्तरता भने जरुरी हुन्छ । उनी भन्छन, “घर छोड्दा सबैले गिज्याए, आज फर्केर हेर्दा सबैले गर्व गर्छन । भागेर म देश बाहिर हैन, देशभित्रै आयँ — जहाँ म मात्र होइन, मेरो सपना पनि बाँचिरहेको छ ।”

आज टुप्पी बाजे सफल व्यवसायी मात्र होइनन, सेवा भावका वाहक, सहयोगी मनका संकलक, र युवाका लागि प्रेरणाका प्रतीक हुन । हामीमध्ये हरेकले एकपटक आफूले आफैलाइ सोध्नुपर्छ — “के म पनि आफ्नो गाउँ, समाज, देशका लागि केही बाँकी छु?” यदि उत्तर ‘हो’ हो भने, यात्रा आजै सुरु गरौं । टुप्पी बाजेले देखाएको बाटो पैद बाट सुरु हुन्छ, तर त्यो बाटो आत्मगौरवसम्म पुग्छ ।

साथ, सम्झना र सुवासको मुस्कान

यात्राको त्यो असहज मोडमा, यदि सुवासको साथ नपाएको भए सायद आज टुप्पी बाजेसँगको त्यो प्रेरणादायी भेट सम्भव हुने थिएन ।
साँच्चै भन्नुपर्दा — बाइकको समस्याभन्दा ठूलो समाधान थियो, सुवासको सम्झना अनि ग्यारेज भन्दा गहिरो कथा थियो, टुप्पी बाजेसँगको भेट ।

सुवास, तिमीलाई धन्यवाद!
तिमी ‘बैंकको कर्मचारी’ मात्र हैनौ, कहिलेकाहीँ ‘जीवनका कथा भेटाउने गेटकीपर’ पनि हौ । तिमी बिना न कथा खुल्थ्यो, न टुप्पी बाजे सँगको भेट यति मिठो हुन्थ्यो ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.