कमलामाइ, सिन्धुली २२ माघ ०८१
बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ७ बुका पुल नजिक मङ्गलवार साँझ मोटरसाइकलसँग ठोकिदा एउटा मृग मरेको छ ।
गुडी रहेको मोटरसाइकलमा सडक छेउको जङ्गलबाट मृग आइ ठोकिदा मृग घटनास्थलमा नै मरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार भिमानबाट सिन्धुलीतर्फ आउँदै गरेको ज १२ प ४६६१ नम्बरको मोटरसाइकलमा ठोक्किए पछि मृग मरेको हो । मृग गुडिरहेको मोटरसाइकलमा ठोकिदा चालक कमलामाई नगरपालिका ५ का ३० वर्षीय कुल नारायण श्रेष्ठ सामान्य घाइते हुनु भएको छ ।
घटनापछि मृत मृग, मोटरसाइकल चालक र मोटरसाइकलमा सवार कमलामाई नगरपालिका ५ का २३ वर्षीय मनलाल श्रेष्ठलाई सिद्धेश्वर सब डिभिजन वन कार्यालय सिन्धुलीमा थप कारबाहीको लागी बुझाई उहाँले जानकारी दिनुभयो ।
मनकाे कुरा ब्यक्त गर्नुस