Click Chautari

भोलि बाट सिन्धुलीमा जिल्ला स्तरीय खेलकुद महोत्सब हुदै

फागुन ४, सिन्धुली । सिन्धुलीमा जिल्लामै पहिलो पटक जिल्ला स्तरीय खेलकुद महोत्सब हुने भएको छ ।
सिन्धुली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव हुने भएको हो ।

Advertisement

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराको साथ जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिर बहादुर थिङ् तामाङ्ले जानकारी दिए ।

‘खेलकुद महोत्सव यही फागुन ५ गते बाट १३ गतेसम्म आयोजना गरिने छ । प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब १३ गते सम्म सिन्धुलीमाढी स्थित खुल्ला मंचमा संचालन हुने छ,’ लामाङले भने ।

Advertisement

महोत्सबमा फुट्बल, क्रिकेट, व्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स, म्याराथन, बक्सिङ लगाएतका १० ओटा खेल खेलाईने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

खेलकुदको माध्यामबाट सामूहिक भावनाको विकास गराई स्थानिय स्तरबाटै खेल र खेलाडीको विकासमा सहयोग पु¥याउने उद्देश्यले प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन गर्न लागिएको हो ।

महोत्सवमा आयोजना हुने प्रतियोगितामा जिल्लाका १ हजार ३ सय ४५ जना खेलाडीहरूको सहभागिता रहने छ । प्रतियोगितामा विजेता खेलाडीहरु र सहभागीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने छ भने समग्र टिममा मेडलको आधारमा प्रथम, द्धितिय र तृतीय पालिकालाई उत्कृष्ट ट्रफि समेत प्रदान गरिने बताइएको छ ।

फागुन ५ गतेबाट सुरु हुने खेलमा सहभागि खेलाडीहरुलाई खेल अवधि सम्म खाना,खाजाको व्यवस्था गरिएको छ। र खेलमा सहभागी हुन स्थायी ठेगाना सिन्धुली हुनु पर्ने र खेलाडीहरूले आफ्नो पालिकाको नाम उल्लेख गरिएको पोसाक लागाउनु पर्ने छ।

Advertisement

साथै प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने आयोजगले जानकारी दिएको छ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.