Click Chautari

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः अर्जुन श्रेष्ठ विजयी

सिन्धुली २८ फागुन ०८१

Advertisement

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः दोस्रो कार्यकालको लागि अर्जुन कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको हाे ।

हिजो भएको उद्योग वाणिज्य संघको निर्वाचनमा कुल खसेको मत १ हजार १ मत मध्ये अध्यक्ष्य पदमा अर्जुन कुमार श्रेष्ठले ५ सय ९७ मत पाएका थिए भने राजकुमार श्रेष्ठले ३ सय ८८ मत ल्याएका मत प्राप्त गरेका थिए ।

Advertisement

वस्तुगत उपाध्यक्षमा राम राजभण्डारी निर्वाचित भएका छन । कुल १४ मत मध्ये राजभण्डारीले ११ मत प्राप्त गरेका थिए भने प्रत्यासी विजय बस्नेतले ३ प्राप्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनु भएका देवनारायण श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले ४९५ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । जसमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी बिरबल चौधरीले ४५१ मत प्राप्त गर्नु भएकाेछ । महासचिवमा ६४६ मत प्राप्त गर्दै वासु भेटवाल विजयी हुनु भएको छ । भने प्रत्यासी उम्मेदवार मेघ बहादुर कार्कीले २६६ मत प्राप्त गर्नुभयो ।

यसैगरी उप–महासचिवमा स्वतन्त्र उम्मेदवारी दिनु भएका नेत्र जङ्ग थापा ४३१ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उप–महासचिवका अन्य प्रत्याशी युवराज श्रेष्ठले ३७४ र सोनी कुमारी झाले १०४ मत प्राप्त गर्नुभयो । महिला सचिवमा सृजना श्रेष्ठ ५४१ मत प्राप्त गर्दै विजयी हुनु भएको छ भने रेजिना श्रेष्ठले ३४१ मत प्राप्त गर्नुभयो ।

यस्तै खुल्लामा ५ जना सदस्यहरुमा क्रमशः ७६३ पपुलर मत सहित सञ्जय साह, ७५४ मत सहित हिमेश श्रेष्ठ, ६८९ मह सहित राजकुमार श्रेष्ठ, र ५७७ मत सहित रामचन्द्र पौडेल निर्वाचित हुनु भएकोछ । जसमा खुल्ला सदस्य पदका प्रत्यासी रितेश श्रेष्ठले ५३५ मत प्राप्त गर्नु भयो ।

Advertisement

 

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.