सिन्धुली, जेठ २७
– हालको अत्यधिक गर्मीका कारण सिन्धुलीको कमलामाई नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू बुधबार देखि शुक्रबार सम्मका लागि बन्द हुने भएका छन् । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै विद्यालय बन्दको जानकारी गराएको हो ।नगरपालिकाले पछिल्लो समय अत्यधिक तापक्रम बढ्दै गएपछि बालबालिकाहरूमा स्वास्थ्य समस्या देखिन थालेको जनाउँदै पठन पाठन मात्र नभई जनस्वास्थ्यमा समेत असर पर्ने भन्दै यस्तो निर्णय लिएको बताएको छ ।

“गर्मीका कारण बालबालिका बिरामी पर्न थालेकाले विद्यालय बन्द गर्न लागिएको हो, ” कमलामाई नगरपालिकाको सूचनामा उल्लेख छ । साथै, बन्द गरिएका दिनहरू वर्षे विदाबाट कट्टा गरिने पनि जनाइएको छ ।
नगरपालिकाले मौसम अनुकूल भएसँगै विद्यालय पुनः सञ्चालन गरिने जानकारीसमेत दिएको छ ।
मनकाे कुरा ब्यक्त गर्नुस