Click Chautari

गौमती माविको सिभिल इन्जिनियरिङ विभागद्वारा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक र्याीली सम्पन्न

सिन्धुली, ३० जेठ ।

Advertisement

गौमती माध्यमिक विद्यालय, सिभिल इन्जिनियरिङ विभागले शुक्रवार एक दिवसीय सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । एभरेस्ट लिंक एजुकेसन सर्भिसेस र एन्जेल पोलिक्लिनिकको सहयोगमा आयोजना गरिएको कार्यक्रममा ‘प्लयध क्बाभतथ, ल्य ब्अअष्मभलत’ भन्ने मूल नारासहित विद्यार्थीहरूले र्या ली निकालेर सडक सुरक्षाबारे जनचेतना फैलाएका हुन् ।

विद्यालय परिसरबाट सुरु भएको र्याहली दुई नम्बर बजार, गैरी बजार, मधुटार, शान्तिनगर चोक हुँदै स्टल बजार भएर पुनः विद्यालयमा समापन भएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफैंले तयार पारेका प्लेकार्ड, चित्र र नारामार्फत सडक सुरक्षासम्बन्धी विविध सन्देश प्रवाह गरेका थिए ।

विद्यार्थी निकिता गजुरेलले सडकमा रहेका खाल्डाखुल्डी जनजीवनमा प्रतिकूल असर पार्ने भएकाले राज्यले तत्काल सुधार गर्नुपर्ने आवश्यकता औल्याएका थिए । साथै, चालक अनुमतिपत्र नभई सवारी चलाउने, कम उमेरमा सवारी साधन सञ्चालन गर्ने, ट्राफिक नियमको पालना नगर्ने जस्ता क्रियाकलापले दुर्घटनाको जोखिम बढाएको बताउँदै नागरिक स्वयं पनि जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।

Advertisement

यस्तै, विद्यार्थी कुवेर कार्की डोलीले सवारी चलाउँदा सिट बेल्टको अनिवार्यता र ट्राफिक नियमको पालना अत्यावश्यक भएको बताए । सिट बेल्ट प्रयोग नगर्दा ज्यानै जाने जोखिम रहेको भन्दै सबै सवारी चालक र यात्रुलाई सतर्क रहन आग्रह गरे ।

वरिष्ठ प्रशिक्षक अम्बरदिप चौधरीले कार्यक्रमको उद्देश्य विद्यार्थीमा ट्राफिक नियमसम्बन्धी व्यवहारिक ज्ञान अभिवृद्धि गर्नु रहेको बताए । उनले महिनाको अन्तिम शुक्रवार विद्यार्थीले विभिन्न अतिरिक्त क्रियाकलापमार्फत सामाजिक सन्देश प्रवाह गर्ने योजना रहेको जानकारी गराए ।

त्यस्तै विद्यालयका शिक्षक शङ्कर ढकालले विद्यार्थीमार्फत सडक सुरक्षा सम्बन्धी सचेतना फैलाउनु सकारात्मक पहल भएको बताउँदै प्लेकार्ड र र्या्लीमार्फत गरिएको जनचेतना अभियानको सराहना गरे । उनले सवारी चलाउँदा सिट बेल्ट अनिवार्य प्रयोग गर्नु, जेब्रा क्रसबाट मात्र सडक पार गर्नु, सडक क्षमताअनुसार सवारीको गति कायम गर्नु लगायतका विषयहरूमा जागरूकता फैलिनु आवश्यक रहेको बताए ।

सडक सुरक्षा जनचेतनाको यस्तो कार्यक्रमले विद्यार्थी, अभिभावक र सर्वसाधारणलाई सुरक्षित यात्रा र जिम्मेवार नागरिक बन्न उत्प्रेरणा दिने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.