Skip to main content

Click Chautari

सिन्धुलीमा अपाङ्गता भएका १९ जनालाई ह्विलचेयर, कृतिम अंगसहित सहायक सामग्री वितरण

कमलामाई नगरपालिकामा आज एक औपचारिक कार्यक्रमका बीच १९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सहायक सामग्री वितरण गरिएको छ ।

Advertisement

नगरपालिकाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रम कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षता तथा नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा ३ जनालाई कृत्रिम खुट्टा, २ जनालाई ह्विलचेयर, ६ जनालाई सेतो छडी, २ जनालाई कालो छडी, ४ जनालाई बैसाखी र २ जनालाई कृत्रिम हात वितरण गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।

Advertisement

उक्त अवसरमा उपप्रमुख देवकोटाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र सहयोगका लागि नगरपालिकाले समय–समयमा घरदैलो कार्यक्रम, अपाङ्गता परिचय पत्र वितरण र घुम्ती शिविर सञ्चालन गर्दै आएको बताउनुभयो। साथै, अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि पनि पालिकाले सक्दो सहयोग गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रम अपाङ्ग सरोकार केन्द्र, मकवानपुरको आयोजना, कमलामाई नगरपालिकाको सहकार्य तथा सिन्धुली अपाङ्ग संघको समन्वयमा सम्पन्न भएको हो ।

कार्यक्रममा सिन्धुली अपाङ्ग संघका अध्यक्ष निरञ्जन ढकाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष विमला पाण्डे, समाजकल्याण शाखा प्रमुख इन्दीरा कुमारी थापा, वडा नं. २, ३, ४, ५, ८ र १० का वडाध्यक्षहरु, अपाङ्ग सरोकार केन्द्र मकवानपुरका कर्मचारीहरु तथा अपाङ्गता भएका व्यक्ति र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.