Click Chautari

रास्वपाको हस्ताक्षर अभियान सिन्धुलीमा सुरु, पहिलो दिनमै १३०० बढी हस्ताक्षर संकलन

सिन्धुली, असार १४

Advertisement
– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक दमनको विरोधमा देश–विदेशमा चलिरहेको हस्ताक्षर अभियान आजदेखि सिन्धुलीमा पनि सुरु गरिएको छ।

शनिबार बिहान ९ बजे कमलामाई नगरपालिकाको अगाडि पार्किङ क्षेत्रबाट औपचारिक रूपमा सुरु गरिएको अभियानको पहिलो दिनमै १३०० भन्दा बढी नागरिकले हस्ताक्षर गर्दै लामिछानेप्रति ऐक्यबद्धता जनाएका छन्।

जिल्ला सभापति अविनास बस्नेतका अनुसार, सभापति लामिछानेमाथि राजनीतिक शक्ति दुरुपयोग गरेर अन्याय गरिएको भन्दै त्यसको विरोधस्वरूप आम नागरिकको आवाज बुलन्द पार्न यो अभियान थालिएको हो। “सत्यको पक्षमा उभिने हाम्रो अभियानमा स्थानीयस्तरमा उत्साहजनक समर्थन प्राप्त भएको छ,” बस्नेतले भने।

Advertisement

रास्वपाले यस अभियानलाई अब दुधौलीको खनियाँ बजारसहित सिन्धुली जिल्लाका सबै नौवटा स्थानीय तहमा चरणबद्ध रूपमा विस्तार गर्ने योजना बनाएको छ। साथै, देश–विदेशमा रहेका नेपालीहरूले अनलाइन तथा विभिन्न डिजिटल माध्यमबाट पनि हस्ताक्षर गरेर समर्थन जनाउन सक्ने व्यवस्था मिलाइएको पार्टीले जनाएको छ।

रास्वपाका अनुसार सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि लगाइएको मुद्दा राज्य संयन्त्रको दुरुपयोगमार्फत गरिएको राजनीतिक बदला हो। पार्टीले लामिछानेलाई न्याय दिलाउन अभियानलाई निरन्तरता दिने घोषणा गरेको छ।

रास्वपा २०७९ सालको असार ७ गते स्थापना भएको पार्टी हो। छोटो समयमा ठूलो जनसमर्थन हासिल गरेको रास्वपा अहिले आफ्ना नेतामाथि परेको मुद्दालाई आम जनताको आवाजमार्फत अन्तरसंवादको विषय बनाउँदै जनस्तरबाट दबाब सिर्जना गर्न सक्रिय देखिएको छ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.