Click Chautari

नेपालको राजनीति स्थिती र मोदी जीको भ्रमण

प्रदिप आचार्य, वेलवारी मोरङ्ग

Advertisement

समय परिवर्तनशील छ समयकै सेरोफेरोमा सवै कुराहरु बद्लिरहन्छन । हाम्रा सम्वन्धहरु पनि समय चक्रसगै विकसित हुदै जान्छन । रुपान्तरित समयमा सवै कुरा सहज सरल र अनुकुलित नै हुन्छन भन्ने पनि हुदैन । पात्र प्रवृत्ति र पहुचका पेरीफेरीमा तपाइले अपनाउनु भएका अभ्यासहरु पक्कै पनि जिवनका कठघरामा विश्लेषित हुने नै छन । परिपर्तित परिस्थितिलाइ स्विकार गर्दै अघिवढ्नु प्रकृतिको नियम नै हो ।

विश्व राजनीति आज तरंगित भएको छ । जसको केन्द्रविन्दुमा उत्तर कोरिया र दक्षिण कोरियाका राष्ट्रप्रमुखले कोरियालीदिपमा शान्तिस्थापनार्थ लिएको पहल कदमी वास्तवमै अनुकरणीय र विश्व शान्ति र स्थिरताका लागि स्वागतयोग्य छ । यति लामो कटुतापुर्ण वर्षौको उतारचढाप पश्चात कोरियाली जनताले आत्मविश्वासको श्वास फेर्न पाएका छन । यसवाट पनि प्रष्ट हुन्छ कि जतिसुकै कटुता र वहिष्कृतको सम्वन्ध स्थापित गरेपनि समस्याको समाधानको एकमात्र उपाए छलफल भेटघात र मित्रपुर्ण व्यवहारद्वारा आपसि विश्वासको सिर्जना नै हो । विश्वका हरेक सामरिक र छिमेकीय असमझदारीहरुको अन्त्य विवाद वढाएर हैन विश्वास वढाएर भएको हामि सवैमा जगजाहेर नै छ ।

Advertisement

अर्को तर्फ केही दिन मात्र अघि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी केही समय पश्चात राजकीय भ्रमण हुने निश्चित हुदाहुदै पनि आकस्मिक चिन भ्रमणमा जानुको एकमात्र कारण आपसि विश्वासको निर्माण गरि असमझदारिको न्यूनीकरण वा निवारण गर्नु नै हो । दक्षिण एशियाली क्षेत्रमा प्राय देशहरु आन्तरिक राजनैतिक अस्थिरताबाट गुज्ररहेको पाइन्छ । राष्ट्रिय राजनीतिमा आफ्नो स्थान सुरक्षित गर्ने लालशाका कारण राष्ट्रिय सुरक्षा तथा स्थिरताका विषयभन्दा छिमेकी देशको आशिर्वाद र साथ खोजिनुले यी देशहरुमा छिमेकी राष्ट्रले आफ्नो स्वार्थ मुखरित गर्ने अवसर पाएको देखिन्छ ।

नेपालको राजनीति नेतृत्वको इतिहास नियाल्ने हो भने यहाको परराष्ट्र सम्वन्ध सरकारसगै हुने पात्रको परिवर्तनले प्रमुख भुमिका खेलेको देखिन्छ । विशेषत सरकारमा नरहुन्जेल सरकारका राम्रा र नराम्रा कुनै कार्यको मुल्यांकन नगरि विरोधका नाममा विरोध गर्ने गलत प्रवृत्ति र जनतामा छारो हाल्ने अन्धो क्षणिक राष्ट्रवाद हावि भएका प्रशस्त उदाहरण पाउन सकिन्छ । त्यस्तै सरकारमा पुग्ने नेतृत्व चाहे जो सुकै होस सत्तामा पुग्नासाथ हिजोका कतिपय आफैले उठान गरेका विषयलाइ सार्थक रुपमा राख्न नसकी उही आशिर्वादको शैली अवलम्वन गर्न खोजेको पाइन्छ ।

हिजोको दिनमा भारतले नेपालमा माथि लगाएको नाकावन्दी गलत मात्र हैन अपराध नै थियो । तत्कालिन अवस्थाको विषम परिस्थितीमा नेपाली जनता र तत्कालिन सरकारले जसरी यसको सामना गर्यो त्यो वास्तव मै सार्वभौमताको अभुतपुर्ण नमुना नै थियो । सो समयमा नाकावन्दीमा पनि खुलेर बोल्न नसक्ने विपक्षी दल र त्यसको समर्थन गर्ने मधेसवादी दलहरुको भुमिका सवै माझ जगजाहेर नै छ ।

नाकावन्दी पश्चात समय धेरै वद्लिएको छ । देशमा राजनीतिक स्थिरता सुनिश्चित गर्ने सवै तहका निर्वाचन सम्पन्न भै सकेका छन । देशले राजनैतिक अस्थिरतावाट मुक्त हुदै आर्थिक विकास र समृद्धि हासिल गर्ने वाटोमा लम्किरहेको छ । हिजोका दिनमा विरोध र अवरोध मात्र गर्ने मधेशवादी दलहरु आज प्रदेश २ को सत्ताको वागडोर सम्हालि सकेको अवस्था छ । उनिहरुको वास्तविक परिक्षण सुरु भइनै सकेको छ ।

Advertisement

सदैव राजनैतिक द्वश र वितृष्णा मात्र वोकेर कहि पुगिदैन । हो कतिपय असमझदारी छन भने तिनिहरुको आपसि सद्भाव र विश्वासवाट समाधान खोजिनु पर्छ । सीमानामा देखिएका विवाद हुन चाहे विगतका असमान सन्धि सम्झौता हुन नेपाल सरकारले छिमेकी राष्ट्रसग खुलेर प्रष्ट विषयलाइ सम्वोधन गर्न सक्नु पर्छ । हामिले छिमेकीको विरोध हैन आफ्नो घर दरिलो र समृद्ध वनाउने अभियान चलाउन सक्नुपर्छ । कसैको विरोध गरेर कहि पुगिदैन । अस्तित्व सहितको सहयात्रा नै आजको विश्वको आवश्यकता हो ।

देशका विदेश नीति र आर्थिक समृद्धिमा राजनैतिक नेतृत्वमा एकै किसिमको नीति अवलम्वन गर्ने सहमति हुन नितान्त आवश्यक छ । देशको राष्ट्रियता स्वतन्त्रता भौगोलिक अखण्डता स्वाभिमानमा अव पनि जनतामा छारो हाल्ने उद्देश्यले राजनीति गर्ने पात्रहरु पहिचान गर्न जरुरी छ । अरु माथि द्वेश लगाउने होइन आफु कसरी सम्पन्न वन्ने भन्ने लामो यात्रा अवको प्राथमिकतामा पर्नु पर्दछ । अवको राजनैतिक नेतृत्वलाइ राजनैतिक अस्थिरता भड्काउने नेपालको सार्वभौमिकतामा आच पुर्याउने छिमेकी राष्ट्रसग असमान सम्झौता गर्ने छुट पनि छैन । यस विषयमा नेपाली जनता सुसुचित र जानकार भै सकेका छन । अवको यात्रा भनेको आर्थिक समृद्धि र विकासको नै हो । जसको लागि विरोधका नाममा विरोध हुने संस्कारको अन्त्य हुनै पर्छ ।

मोदी जीले नेपालको भ्रमण गरेर केही विग्रिएको छैन । हाम्रो देशका सांस्कृतिक धरोहर जनकको पवित्र भुमी जनकपुरधाम र मुक्तिनाथ विश्वव्यापिरुपमा सांस्कृतिक पर्यटनको केन्द्रविन्दु वन्न पुगेका छन । मोदी जीको भ्रमणका माध्यमवाट यी स्थलहरुले विश्वव्यापी प्रचार पाउन सफल भएका छन । आजको आवश्यकता संकृर्ण सोच र मनसाय होइन उदार हृदय वनाउन जरुरी छ । तपाइले मित्र फेर्न सक्नुहुन्छ तर छिमेकी राष्ट्र फेर्न सक्नुहुन्न त्यसैले राष्ट्रियहित विपरित हुने कार्य नगरि आपसि विश्वास र भाइचाराको प्रवर्द्धन गर्न विश्व परिवेशमा अवलम्वन गरिएको यस्ता भ्रमणको स्वागत र समर्थन गर्नुको विकल्प छैन ।

विश्वमा कोरियाली द्विप एकै ठाउमा उभिनै लाग्दा, अमेरिका र उत्तर कोरिया एकै टेवुलमा वसेर वार्ता गर्ने अवस्था सिर्जित भइरहदा, भारत र चीनका राष्ट्राध्यक्षले सगै चिया पिएर छलफल गरिरहदा के हामि यि सवै गतिविधिवाट अनविज्ञ छौ। त्यसैले सोच बदलौ राजनैतिक असल संस्कार र सभ्यताको विकास गर्न जरुरी भइसकेको छ । हाम्रो यात्रा राजनैतिक दाउपेच र अस्थिरता,, गालि गलौच हैन सम्मानपुर्ण राष्ट्रियता सहितको आर्थिक समृद्धिको हो । यस तर्फ सवैले ध्यान पुर्याउने की ?

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.