प्रेस यूनियन बागमतीको प्रथम अधिवेशनमा पुरी चयन

चितवन । नेपाल प्रेस युनियन बागमती प्रदेश अध्यक्षमा युवराज पुरी निर्वाचित भएका छन् । मंगलबार चितवनको सौरहामा सम्पन्न प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनले युवराज पुरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षहरूमा सुजन विडारी, श्रीराम नेपाल र गोमा थापा, महासचिवमा पूर्ण शर्मा, सचिवमा राजन बस्नेत, रमेश पौडेल र सरिता पौडेल, कोषाध्यक्षमा विकास रौनियार चयन भएका छन् । उक्त अधिवेशनले कार्यसमितिमा धादिङबाट तिनजना चयन भएका छन् । जसमा उपाध्यक्षमा गोमा थापा, कोषाध्यक्षमा विकास रौनियार र सदस्यमा मनिश श्रेष्ठ रहेका छन् ।

यसैगरी सदस्यहरुमा क्रमश धनपति दाहाल, सुमन शिवकोटी, सुनिल श्रेष्ठ, किशोर बुढाथोकी, नवराज मिश्र, नेत्र कार्की, कौशल राज खड्का, दिपेश चौधरी, मान काजी तामाङ, गंगा पौड्यल, हरी न्यौपाने, समिक्षा पाण्डे, कमला पाख्रिन, अनिता थापा, मनिष श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार