गोलञ्जोर गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको गाउँपालिका स्तरिय भलिवल प्रतियोगिता गोलञ्जोर गाउपालिका वडा नं. ७ खुर्कोटमा आज सम्पन्न भएकोछ ।
गोलञ्जोर गाउँपालिका बाट जम्मा ८ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमा वडा नं. १ बाट एउटा टिम, वडा नं. ४ बाट २ वटा टिम, वडा नं. ५ बाट २ वटा टिम, वडा नं. ६ बाट एउटा टीम र वडा नं. ७ बाट जम्मा २ वटा टीम गरी जम्मा ८ वटा टिम सहभागि भएका थिए ।
चैत्र १६ गते खुर्कोटबाट सुरु भएको भलिवल प्रतियोगितामा खुर्कोट टिम ए प्रथम भएको हो भने वडा नं. ५ को रतनचुरा टीम दोस्रो भएको छ । यसै गरी तेस्रो स्थानमा वडा नं. ७ को खुर्कोटको टिम बि ले तेस्रो स्थान ओगटन सफल भएकोछ ।
प्रतियोगितामा क्रमस प्रथम हुने टिमलाई रु ३० हजार, दोस्रो हुनेलाई रु २० हजार र तेस्रो हुने टिमलाई रु १० हजार पुरस्कार दिइएको थियो ।
Discussion about this post