सिन्धुली । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिले दुग्ध उत्पादनमा संलग्न कृषकहरुलाई प्रोत्साहन स्वरुप प्रति लिटर ३ रुपैयाका दरले अनुदान वितरण गर्ने भएकोछ ।
अनुदान रकम सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका वडा नं. ५ मा अवस्थित लक्ष्य बहुउद्देश्य सहकारी संस्था लि. मा अवद्ध ५५ जना कृषकलाई गत आ.व.मा उनीहरुले विक्री गरेको दुधको संख्याको आधारमा प्रति लिटर रु ३ का दरले उक्त सहकारीमा आवद्ध भइृ दुध विक्री गर्ने किसानहरुलाई उपलब्ध गराउन लागिएको जानकारी संस्थाका अध्यक्ष सुभद्रा कुमारी थापाले बताउनु भयो ।
उहाँले भन्नु भयो “यस सहकारीमा आवद्ध भई अघिल्लो वर्ष २०८० साल श्रावण १ गते देखि २०८१ असार ३१ गते सम्मको दुध विक्री गर्ने किसानलाई प्रोत्साहन स्वरुप गाउँपालिकाको अनुदान सहयोगमा दुग्ध उत्पादक कृषकहरुलाई वितरण गर्न लागिएको हो ।”
उक्त अनुदान सहयोग कार्यक्रमले कृषकहरुमा थप उत्साह र उर्जा प्राप्त भएको आम कृषकहरुको बुझाई छ । यस्तै किसिमको सहयोग कार्यक्रमको निरन्तरताले अन्य किसानहरुमा पनि हौसल्ला पुग्ने एक किसानले बताउनु भयो ।
उक्त अनुदान रकम वितरण मिति २०८१ असार २७ गते विहान ११ बजे गोलञ्जोर गाउँपालिका वडा नं. ५ मा अवस्थित श्री महाकाली प्रा.वि. आहालडाडा हिर्दिङ्गमा वितरण गरिने भएको हुदाँ लिष्ट अनुसारका किसानलाई उपस्थित हुनको लागि लक्ष्य बहुउद्देश्य सहकारी संस्थाले सूचना जारि गरेको छ ।
अनुदान रकम पाउने कृषकहरुको नामावली
Discussion about this post