सिन्धुली : सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नं. ५ अवस्थित विपि राजमार्गको २६ खनियाखर्क भन्ने स्थानमा झण्डै ४ सय बर्ष पुरानो कालिका देवी थानले चर्चेको र प्राचिन इतिहास बोकेको भतेरे चौडी नामले प्रशिद्ध तिर्थअवस्थलोमा सार्वजनिक जमिन अतिक्रमण गरिएको छ ।
सिन्धुली जिल्लाको खनियाखर्क बजारबाट करिव ३ किलोमिटर (काठमाण्डौ तर्फ जादाको) मुख्य सडकको छेउमा रहेको सार्वजनिक जग्गा सल्लेरी सामुदायिक वन क्षेत्रको अधिनमा पर्दछ । उक्त जमिन स्थानीय केही ब्यक्तिको अगुवाइमा अतिक्रमणमा परेको स्थानीयले बताए ।
विपी राजमार्गको छेउमा रहेको सार्वजनिक जग्गामा धमाधम ब्यावसायिक टहर निर्माण भईरहेकोछ । सामुदायिक वनको जग्गामा टहरा निर्माण गरिनु शक्तिको आडमा जे गरे पनि हुन्छ भन्ने मानसिकताले गर्दा सार्वजनिक तथा सामुदायिक वनको जमिन अतिक्रमित हुँदै गएको प्रति स्थानीयको आक्रोस रहेकोछ ।
जग्गा अतिक्रमण भएपछि र स्थानीयको ब्यापक जनगुनासो रहेपछि सल्लेरि सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लाल बहादुर थापा (रामहरी) लाई उक्त विषयमा जानकारी गराउदा केही स्थानीयले जबरजस्ती रुपमा टहरा निर्माण गरिरहेको कुरालाई स्वीकार गरेका छन् । उनी भन्छन “हामीले स्थानीय को गुनासो आएपछि उक्त टहर निर्माणलाई तत्काल रोक्नको लागि अनुरोध गर्दा उनीहरुले बजरजस्ती निर्माण कार्यलाई अगाडी बढाएका छन् । यस विषयमा हामी पुनः छलफल गर्नेछौ ।”
यस विषयमा गोलञ्जोर गाउँपालिका सव डिभिजन वन कार्यालय खुर्कोटका का प्रमुख भरत श्रेष्ठलाई यस विषयमा जानकारी गराउदा हामीलाई कुनै लिखित उजुरी हाल सम्म नपरेको तर सामाजिक सञ्जालमा आएको विषयलाई हामीले चासो पूर्वक लिएका छौ । यस विषयमा सल्लेरी सामुदायिक वन उपभोक्ता समिति संग जानकारी माग्दा सार्वजनिक जग्गा भएको हुँदा मौसमी फलफुलहरु बेच्ने प्रयोजनले अस्थाई टहरा बनाउने भन्ने निर्णय भएको तर बनाउन नभनेको जानकारी अध्यक्ष ज्यू ले दिनु भयो भन्नु भयो । सव डिभिजन वन कार्यालय र्खुकोटका प्रमुख श्रेष्ठ भन्नु हुन्छ –“सार्वजनिक जग्गामा हाम्रो चासो रहन्छ नै र आज मात्र मौखिक उजुरी पनि आएको हुँदा यसलाई हामीले चासो पूर्वक हेरेर तत्काल हटाउनको लागि मौखिक आग्रह गरेका छौ । यदि अटेर गरेर निर्माण कार्य अगाडी वढाएको खण्डमा उक्त संम्रचना हटाउन हामी बाध्य हुनेछौ । यस सम्बन्धमा हामी तत्काल कारवाही प्रकृया अगाडी बढाउछौ ।” श्रेष्ठले बताउनु भयो ।
सामुदायिक वनको जग्गा अतिक्रमीत भएको विषयमा गोलञ्जोर गाउँपालिका वडा नं. ५ का स्थानीय विनोद थापाले आफुले सार्वजनिक जग्गामा ब्यावसायिक टहरा बनेको कुरालाई सचेत गराउदा उक्त ब्यावसायिक टहरा निर्माण कर्ताले सामाजिक सञ्जालमा तथानाम गालि बेइजति गरि सांघातिक हमला गर्ने सम्मको धम्की दिएको थापा बताउछन् । उहाँ भन्नु हुन्छ –“म एउटा सचेत नागरिकको हिसावले सार्वजनिक जग्गा अतिक्रमण भयो भनेर भन्दा मलाई खुडा लिएर काटने सम्मको धम्की आएकोछ । तर उक्त धम्कीको सामना आफु गर्न तत्पर छु । एउटा सचेत नागरीकाको हिसावले आफ्नै अगाडी गलत हुँदा अन्याय सहेर बस्न सक्दिन म कानुनी उपचार खोज्न तयार छु ।” उहाँले बताउनु भयो । साथै उहाँले आफुलाई लक्षित गरी गरेको सामाजिक सञ्जालको पोष्ट समेत उपलब्ध गराउनु भयो ।
यसरि सार्वजनिक जग्गा अतिक्रमण हुनुबाट बचाउन वेलैमा उपचार खोज्नु हरेका सचत नागरिक र सारोकार वाला निकायको कर्तब्य हुन आउछ ।
Discussion about this post