Click Chautari

विपी राजमार्मागमा सवारी साधनको आवागमन अस्थायी रुपमा रोक

सिन्धुली, असार २०

Advertisement
। सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले मनसुन सक्रिय अवस्थामै रहेका कारण सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुलीद्वारा सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएअनुसार, २०८२ साल असार ६ गते सम्पन्न बैठकमा मनसुनको सक्रियता र वर्षाका कारण विपद् जोखिम बढेकाले यात्रु तथा सवारी साधनलाई सचेत रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसै सन्दर्भमा, विपी राजमार्गअन्तर्गत सिन्धुली, खुर्कोटटार हुँदै काठमाडौं जाने सार्वजनिक तथा निजी यातायातका साधनलाई बिहान ६ः३० बजेदेखि बेलुका ५ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको थियो, जुन १५ (पन्ध्र) दिन अर्थात् असार २० गतेसम्मको लागि लागु गरिएको थियो।

Advertisement

तर हालसम्म पनि मनसुन सक्रिय नै रहेकाले सो प्रतिबन्धलाई थप एक महिना निरन्तरता दिने निर्णय गरिएको छ। यस अवधिमा सो मार्ग हुँदै जाने सबै प्रकारका सार्वजनिक तथा निजी सवारीसाधनहरूलाई बिहान ६ः३० बजेपछि मात्र यात्रा सुरु गर्न र अपराह्न ५ः०० बजेसम्म गन्तव्यमा पुगिसक्न आग्रह गरिएको छ।

यसबाट यात्रुहरूमा पर्न सक्ने असुविधाप्रति जिल्ला सुरक्षा समिति, सिन्धुलीले क्षमाप्रार्थी रहेको जनाएको छ।

– Click Chautari संवाददाता

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.