यसरी सुरू गर्याै महिला समूह


सिड्स नेपाल,सिन्धुलीले सुरु गरेको महिलाहरुको बचत समूह अभियानमा अहिले जिल्लाका हरेकजसो दिदीबहिनीहरु संलग्न छन् । ०५१ सालमा सिड्स नेपाल, सिन्धुलीको स्थापना भएपछि महिलाहरूको स्तर वृद्धि र उनीहरूको आर्थिक उन्नति मुख्य उद्देश्य बनाई अभियानको थालनी गरिएको हो । र, सो अभियानका अभियन्ता हुन् सिड्स नेपाल, सिन्धुलीका अध्यक्ष दीपक घिमिरे ।

कमलाखोज क्षेत्रबाट सिन्धुलीमा सुरु गरिएको उक्त अभियानमा हाल ६ सयभन्दा बढी समूह सक्रिय छन् । सिन्धुलीमा महिला समूहको सुरुवात कसरी गरियो ? क्लिक चौतारीका विवश थापालाई घिमिरेले सुनाए :

उमेरले कलिलै थिएँ । केही साथीहरु मिलेर ०५१ मा एउटा संस्था दर्ता ग¥यौँ–सिड्स नेपाल, सिन्धुली । संस्था चलाउन
खासै धेरै अनुभव त थिएन तैपनि आयआर्जन, शिक्षा र महिलाहरुको स्वास्थ्यका क्षेत्रमा सानातिना कार्यक्रमहरु रिरहेका थियौँ । पछि दुई–चारवटा तालिम लिन पाएँ, विभिन्न जिल्लाका संस्थाहरुको गतिविधिको स्थलगत अवलोकन गरेरसमेत अनुभव बटुलेँ ।

यसरी सुरु भयो, महिला समूह
तामाकोसी सेवा समितिका तत्कालीन अध्यक्ष जगदीश घिमिरेसँग मेरो नजिकको सम्बन्ध थियो । राष्ट्रिय स्तरमा समेत समाजसेवी भनेर चिनिने उहाँ अहिले दिवंगत भइसक्नुभयो । त्यतिवेला (०५१ सालमा) उहाँकै निम्तोमा रामेछाप भ्रमण ग¥यौँ । उहाँहरुले रामेछापमा विभिन्न महिला समूहहरु बनाएर आयआर्जन र सीप विकासका तालिमहरु सञ्चालन गरिरहनुभएको रहेछ । त्यो मोडल हामीलाई एकदमै मनप¥यो । सिन्धुलीमा पनि त्यही मोडलमा काम गर्ने लक्ष्यका साथ फर्कियौँ । र, सिन्धुलीको कमलाखोज क्षेत्रबाट महिला समूह बनाउने अभियान सुरु ग¥यौँ ।

दनुवार र थामी समुदायबाट अभियान थालनी

हामीले महिला समूहको अभियान सुरु गर्नुअघि महिला विकास कार्यालयले दुई–चारवटा समूह सञ्चालन गरेका थिए । तर, ती नाममात्रको समूह थिए । एउटा समूहमा पाँच–सातजना मात्र हुन्थे जुन एकदमै अव्यवस्थित थियो । हामीले प्रत्येक समूहमा २५ जना राख्यौँ र व्यवस्थित तरिकाले महिला समूह चलायौँ । हामीले सिन्धुलीको सिर्थौली, हत्पते, निपाने ाविसबाट अभियान थालेका थियौँ । कमलाखोज क्षेत्रका ती बस्तीमा दनुवार समुदायको बाहुल्यता थियो ।

बहुदलपछि देश विकासको रफ्तारमा थियो तर ती दनुवार समुदायको चेतनाको स्तर भने शुन्यप्रायः थियो । त्यहाँका अधिकांश महिलाहरु पुरुष देख्दा घरभित्र पस्थे, उनीहरुसँग घुलमिल हुनै सम्भव थिएन, त्यसमाथि कसरी सम्झाउने ? त्यसपछि हामीले महिला कर्मचारी नियुक्त ग¥यौँ । र, उनीहरूलाई नै परिचालन गरेर त्यहाँका महिला दिदीबहिनीहरुलाई ‘कन्भिन्स’ ग¥यौँ । उनीहरुलाई समूहमा ल्याउन हामीलाई धेरै गाह्रो भयो । उनीहरुले हामीलाई पटक्कै विश्वास गर्दैनथे । समूहमा बस्दा पैसा जम्मा गर्नुपथ्र्यो, जम्मा गर्न उनीहरु मान्दैनथे । पैसा जम्मा गर्छन् र यिनीहरु भाग्छन् भनेर डर मान्थे । त्यो डर जायज पनि थियो, किनकि त्यो समयमा धेरै फाइनान्स कम्पनीले सर्वसाधारणको पैसा लिएर भागेका थिए । अन्त्यमा उनीहरुले हामीलाई विश्वास गरे ।

र, त्यहाँ हामीले चारवटा महिला समूह सञ्चालन ग¥यौँ । त्यसपछि हामीले कमलामाई नगरपालिकाको ४ नम्बर वडाको चिसापानी झोरामा अभियान चलायौँ । अल्पसंख्यक थामी समुदायको बाहुल्यता रहेको त्यस ठाउँमा चारवटा समूह चलायौँ । अनि जरायोटारमा पनि समूह बनायौँ । हामीले ठाउँठाउँमा पाइलोटिङ्गको रुपमा समूहहरु सञ्चालन गरेका थियौँ । कुनै समुदायमा एउटा समूह सफल भएपछि छिमेकका अन्य समुदायहरु ‘हाम्रो पनि समूह गठन गरिदिनुप¥यो’ भन्दै आएका थिए ।

अधेँरीको समूह देखेर कनपा–७, वर्देउटारका महिलाहरु समूह बनाइदिनुप¥यो भन्दै हाम्रो कार्यालयमा डेलिगेसन नै आए । अहिले त्यो समूह जिल्लाकै उत्कृष्ट समूह बनेको छ । ०५१ सालमा प्रतिव्यक्ति मासिक पाँच रुपैयाँका दरले संकलन गरेर बचत समूह सुरु गरेका थियौँ । अहिले समूहहरुले २५ देखि एक सय रुपैयाँसम्म मासिक बचत गर्ने गर्छन् । दनुवार बस्तीबाट सुरु भएको हाम्रो अभियानमा अहिले करिब ६ सयभन्दा बढी महिला समूह सञ्चालित छन् ।

श्रीमान्ले समूहमा जान रोक्थे
महिला दिदीबहिनीहरुलाई बल्लबल्ल ‘कन्भिन्स’ गथ्र्यौं तर उहाँहरुका श्रीमान्लै समूहमा जानै दिनुहुन्थेन । समूहमा गएपछि श्रीमती बिग्रन्छन् र पोइल जान्छन् भन्ने उहाँहरुलाई डर रहेछ । कतिपय ठाउँमा त तालिम लिइरहेकै ठाउँमा आएर पिट्दै लैजानुहुन्थ्यो । श्रीमान्ले पिटेपछि तालिम बीचमै छाड्ने दिदीबहिनीहरू पनि धेरै थिए । तर, उहाँहरु पनि विस्तारै सबै समूहमा आबद्ध हुनुभयो । आज ती महिलाहरुको आर्थिक स्रोतमाथि पहुँच वृद्धि भएको छ । हिजोका दिनसम्म घाँसदाउरा र चुलेचौकामा सीमित दिदीबहिनीहरु समूहमा आबद्ध भएपछि पुरुषभन्दा राम्रोसँग घर व्यवहार चलाउन सक्षम भएका छन् । हामीले बचत समूह सञ्चालन गर्नुकौ मुख्य उद्देश्य पनि त्यही नै थियो । आज हरेक समूहसँग कम्तिमा तीन÷चार लाख बचत भएको छ । अझ गरिबी निवारणसँग जोडिएर सञ्चालन भएका हरेक समूहहरुसँग त १४–१५ लाख नै छ । हिजोका दिनमा श्रीमतीलाई समूहमा जान रोक्नै तिनै श्रीमान् आज श्रीमतीलाई ‘मलाई समस्या प¥यो, अलिकति पैसा ल्याइदे न है’ भन्छन् । जुन हाम्रो सबैभन्दा ठूलो सफलता हो ।

३ वटा समूहलाई जाडे रे सहकारी वनायाैं

कमलामाई नगरपालिकाको ४ नम्बर वडाका तीनवटा समूहलाई मिलाएर मिलिजुली बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्यायौँ । करिब ४५ जना महिला सदस्यबाट जम्मा भएको एक लाख २५ हजार रुपैयाँबाट सहकारी सञ्चालनमा ल्याएका थियौँ । हाल चार हजारभन्दा बढी महिला सदस्यहरु सहकारीमा जोडिएका छन् । र, उक्त सहकारीले १० करोडभन्दा माथिको कारोबार गरेको छ । शतप्रतिशत महिलाहरुले नै सञ्चालन गरेको सहकारीमा १२ जना कर्मचारी छन् । सहकारीको आफ्नै जग्गासमेत छ ।

समूहले साहु महाजनलाई विस्थापित गरेको छ
पहिले गाउँमा साहुसँग सयकडा आठ (६०%)का दरले ऋण लिने चलन रहेछ । ऋण लिन पनि साहुलाई ठेकी कोसेली दिनुपर्ने रहेछ । हामीले गाउँगाउँमा समूह सञ्चालन गरेपछि साहु महाजनको विस्थापित भएको छ । समूहका सदस्यहरुले आपूmले थोरैथोरै परिमाणमा जम्मा गरेको पैसाबाटै सस्तो ब्याजमा चलाउन थाले । त्यसमाथि आपूmले तिरेको ब्याज कुनै न कुनै रुपमा आपैmँलाई फिर्ता हुनै उनीहरुले बभु mे, साहसु ँग ऋण लिनै छाडिदिए । हाम्रै समूहभित्र पनि सरुु सरुु मा हामै ्र समूहसँग सस्तो ब्याजमा ऋण लिएर त्यही पैसा चर्को ब्याजमा लगाउने गर्दा रहेछन् । पछि उनीहरुसँग ऋण लिन छाडेपछि तिनै महिला समूहलाई नै बन्द गराइदिन्छु भन्दै हिँडिछन् । महिला बचत समूह सञ्चालनमा आएपछि साहुमहाजन विस्थापित भए, यसमा पनि हामीलाई गर्व छ ।

पहिले नामका लागि, अहिले कामका लागि
नेपाल सरकारको नियम छ– कुनै पनि उपभोक्ता समिति, विकास समितिहरु आदिमा ३३ प्रतिशत महिला सहभागिता र मुख्य कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ । पहिला पहिला नियम पूरा गर्न नाम मात्रको पदाधिकारी राख्थे तर आज महिलाहरुमा बढेको चेतनास्तरकै कारण गाँउघरका मुद्दा–मामिला मिलाउन, विद्यालयको सञ्चालक समितिमा नेतृत्व गर्नलगायत उपभोक्ता समितिहरुमा अहिले महिला नेतृत्वको विकास बढेको छ । यहीँ अधेरीको एकजना महिला (नाम बिर्सिएँ) सामुदायिक सेवा केन्द्रको उपाध्यक्ष भएकी छिन् । महिला समूहकै कारण उनीहरुको आथिर्क सा्रते मा पहचँु भएको छ । उनीहरुको चेतनाको स्तर र नेतृत्व विकास भएको छ । अब हुने स्थानीय निर्वाचनहरुमा पनि तिनै समूहका महिलाहरुले प्रतिनिधित्व गर्नेछन् । अहिले गाउँका बिहे, ब्रतबन्ध वा अन्य सामाजिक कार्य २५÷३० जनाको महिला समूहले सामूहिक रुपमा गर्छन् । पहिलै तीन दिन लगाएर धान काट्नुपथ्र्यो । अहिले त्यही काम महिला समूहका सदस्यले दुई घन्टामा सक्छन् । पारिश्रमिक पनि न्यून लिन्छन् । र, त्यौ पैसा उनीहरुलै समूहमा नै लगाउँछन् । यो हाम्रो समूहहरुको अभियान नै हो । यसले उनीहरुमा एकताको भावना विकास गरेको छ भने परेको खण्डमा जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

महिलाहरु आर्थिक रुपमा सक्षम भएका छन्
जब समुदायहरुमा महिला समूहको विकास भयो, उनीहरुले विभिन्न किसिमका तालिम तथा भ्रमण गर्ने अवसर पाए । यसबाट उनीहरुले धेरै कुरा सिके पनि । अहिले कुनै समूह तरकारी खेतीमा त कुनै समूह लघु उद्यममा आबद्ध छ ।
कुनै समूह भने घाँसको बिऊ उत्पादन गर्नेमा आबद्ध छन् । अहिले सिन्धुली जिल्ला घाँसको बिऊमा आत्मनिर्भर भइसकेको छन् । अहिले सिन्धुलीबाट देशभर घाँसको बिऊ निर्यात हुन्छ । त्यस्तै, तरकारी उत्पादनमा पनि सिन्धुली आत्मनिर्भर हुने क्रममा छ । टनेलबाट तरकारी उत्पादन गरेर कतिपय महिलाहरु वर्षमा ६०–७० हजार कमाउन सक्षम भएका छन् । अलि लामो समय काम गरेको परिवारले वार्षिक ३÷४ लाखसम्म आम्दानी गरिरहेका छन् ।

समूह खोल्ने फेसन बन्यो
अहिले गाउँगाउँमा समूह खोल्ने फेसन बनेको छ, जुन एकदमै गलत हो । एउटै महिला कम्तीमा पनि पाँच÷सातवटा समूहमा आबद्ध छन् । दिनदिनै समूहको बैठक धाउनुपर्ने बाध्यता छ, जसले गर्दा उनीहरुको उत्पादनशील समयको दुरुपयोग भइरहेको छ । यो गलत हो । वास्तवमा ‘एक गाउँ एक सहकारी’को नीति हुनुपर्दछ । समूह संस्थाको नभई समुदायको
पहिचानको हिसाबले बनाउनुपर्छ । तर, अहिले जति पनि संघसंस्था गाउँ जान्छन्, आफ्नो पहिचानका लागि उनीहरुले समूह बनाउने प्रचलन छ । यसलाई सधुार गर्नुपर्छ र पुराना भइरहेका समूहहरुलाई नै निरन्तरता दिनुपर्छ तब मात्र समूहका सदस्यहरुको विकास हुन्छ ।

१७ जेठ २०७३, सोमबार
क्लिक सिन्धुली साप्ताहिकमा प्रकाशित

, , ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *