Click Chautari

काठमाडौंमा पहिलो मात्राको कोरोना खोप लगाउने कार्यक्रम स्थगित

काठमाडौं । काठमाडौंमा पहिलो मात्राको कोरोना खोप लगाउने कार्यक्रम स्थगित गरिएको छ । शुक्रबार स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्तिमार्फत् कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएसँगै काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

मौजुदा खोप सकिएपछि साउन ४ गते लगाउने भनिएको खोप कार्यक्रम स्थगित भएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान मिति २०७८/०३/२९ गतेदेखि मिति २०७८/०४/०२ गतेसम्‍म सञ्‍चालन गर्ने भनिएकोमा स्वास्थ्य कार्यालय, काठमाडौंमा हाल मौजुदा रहेको भेरोसेल खोपको मौज्दात समाप्त भएको हुँदा अब अर्को सूचना नभएसम्‍मको लागि मिति २०७८/०४/०२ गतेको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौं जिल्लामा स्थगन गरिएको व्‍यहोरा सबैको जानकारीको लागि हार्दिक अनुरोध गर्दछु ।’

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.