बीमक संघद्धारा कोरोना बीमाको दाबी भुक्तानी नदिने घोषणा


काठमाडौँ– नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी नदिने घोषणा गरेको छ । बीमक संघका तर्फबाट २० वटै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमा समितिलाई पत्र लेख्दै सरकारबाट पाउनुपर्ने दायित्व रकम प्राप्त नगरेसम्म बीमाको दाबी भुक्तानी नदिने जनाएका हुन् ।

सरकारबाट प्राप्त हुनुपर्ने रकम छिटो उपलब्ध गराउन पनि उनीहरूले अनुरोध गरेका छन् । बीमक संघका अनुसार हालसम्म कोरोनाको दाबी भुक्तानीका लागि परेको १३ अर्ब रूपैयाँभन्दा बढीको दाबी बीमा कम्पनीहरुको क्षमता बढी रहेको उल्लेख छ । मिति २०७८ श्रावण १४ गते विज्ञप्ती प्रकाशीत गर्दै नेपाल बीमक संघले उक्त निर्णय गरेको हो ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *