• समाचार
  • कृषि/उद्यमी
  • अन्तरवार्ता/विचार
  • खुल्ला मञ्च
  • प्रविधि
  • खेलकुद
  • घुमघाम/मनोरन्जन
  • न्यु फेस
  • युनिकोड
×
☰
    • समाचार
    • कृषि/उद्यमी
    • अन्तरवार्ता/विचार
    • खुल्ला मञ्च
    • प्रविधि
    • खेलकुद
    • घुमघाम/मनोरन्जन
    • न्यु फेस
    • युनिकोड

ट्रेण्डिङ :

    बरुण लामिछाने प्रेस यूनियन भलिवल ब्लु अल्पाइन क्लब आगलागि
Advertisement

हिलटप जुनार बहुउद्देश्यीय सहकारीद्धारा सावुन वनाउने तालिम सम्पन्न

  •  क्लिक चौतारी संवाददाता
  • २०८० बैशाख १०, आईतवार ०५:४० प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं. ५ हिर्दिङ्गमा संचालन गरेको ७ दिने लुगाधुने साबुन बनाउने सिप विकास तालिमको आज सम्पन्न भएकोछ । उक्त तालिम समापन कार्यक्रममा प्रमुख अतिथी शंकर बरालले समग्र गोलञ्जोरको विकास स्थानिय सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीमा मात्र सिंगो गाउँपालिकाको विकास गर्न सम्भव हुने भएकोहुँदा कार्यपालिकाको पहिलो वैठकमा नै सहकारीको छुट्टै डेक्सको स्थापना गरिएको बताउनु भयो । साथै उहाँले तालिममा सहभागिहरुले यदि उद्योगक स्थापना गराउने हो भने उद्यमीहरुलाई आफुहरुले सोही किसिमको साना तथा मझौला प्रविधिमा सहायता उपलब्ध गराउने बताउदै तालिमलाई ब्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।

    यसै तालिम समापनको अवसरमा सहकारी संस्थाका प्रवन्धक संचालक सुमन विक्रम थापाले सहकारीको अवधारणा प्रस्तुत गर्दै यदि स्थानिय सरकारले लगानीको वातावरण तयार गर्नेहो भने गोलञ्जोर गाउँपालिकाको वडा नं. ५ लाई नमुना सहकारी गाँउ निर्माण गर्नको लागि आफुहरु लागिपर्ने बताउनु भयो । साथै उहाँले प्रमुख अतिथी बराललाई कृषि, पर्यटन र उद्योग स्थापनाको लागि अवधारणपत्र प्रस्तुत गर्दै संस्थाका अध्यक्ष बासुदेव घिमिरेले अवधारणापत्र पालिका अध्यक्ष र वडा अध्यक्षलाई हस्तान्तरण गर्नुभयो ।

    आफ्ना सदस्यहरुलाई सिप सिकाई आत्मानिर्भर बनाई आयआर्जनमा वृद्धि गराउने उद्देश्यले सिपविकास सम्बन्धी तालिम संचालन गरिएको तालिममा सिपविकास सम्बन्धी ७ दिने तालिमलाई जगदम्बा पन्त (लेखक)ले सहजीकरण गर्नु भएको थियो । समापन गर्ने क्रममा उहाँले सहभागीहरुको उत्साहजनक र सक्रिय सहभागिता रहेकोले यसलाई तालिम लिएर प्रमाणपत्र झुण्ड्याउने मात्र नभई आफुले सिकेको सिपलाई ब्यवहारमा उतारेर उद्यमी बन्न आग्रह समेत गर्नुभयो ।

    १९ जना सहभागि रहेको सिप विकास तालिममा गोलञ्जोर गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष गोविन्द बहादुर लुङ्गेलि, वडा नं. ३ का वडाअध्यक्ष के.पी. पोख्रेल, नेकपा एमाले जिल्ला कमिटि सदस्यहरु दिपेश बराल र लाल बहादुर श्रेष्ठ र लालिगुराँस सामुदायिक वनका अध्यक्ष डम्बर विक्रम बस्नेतको आतिथ्यता रहेको थियो । यसैगरी समापन कार्यक्रममा स्थानीय शिक्षक शान्ति बहादुर बानियाले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन विवश थापाले गर्नुभएको थियो ।

    Post Views: 232
    प्रकाशित मिति: २०८० बैशाख १०, आईतवार ०५:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पुर्णिामाको जुन झै सार्वजनिक
    सुचनाको लागि राष्ट्रिय महासंघ सिन्धुलीमा कार्की चयन
    सहकारी सस्थाको सिन्डिकेट विरुद्ध किसानहरु
    Advertisement
    ताजा अपडेट
    • १. पुर्णिामाको जुन झै सार्वजनिक

    • २. सुचनाको लागि राष्ट्रिय महासंघ सिन्धुलीमा कार्की चयन

    • ३. सहकारी सस्थाको सिन्डिकेट विरुद्ध किसानहरु

    • ४. नेपाल प्रेस युनियन सिन्धुली को ७ औं अधिवेशन बाट लामिछाने चयन

    • ५. आगलागी पीडितलाई ब्लु अल्पाइनको खाद्यान्न सहयोग

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ३०८४७८/०७९/०८०
    सूचना विभाग :  ३९११/०७९/०८०
    प्रेस काउन्सिल : ३९२१

    सम्पर्क

    लेकाली संचार नेटवर्क प्रा.लि.

    कमलामाइ नगरपलिका-६, पानीट्यान्की, सिन्धुली
    Email: clickchautari@gmail.com

    Phone : +९७७-९८५४०४११३४

    हाम्रो टीम

    अध्यक्ष : कमला रोक्का
    सम्पादक : नेत्र बिक्रम थापा
    सम्वाददाता: सरोज राउत,

    इश्वर थापा,

    रेश्मा थापा
    लेखक : सन्तोष शर्मा

    सामाजिक संजाल

    © 2023 Click Chautari . All Rights Reserved.