• समाचार
  • कृषि/उद्यमी
  • अन्तरवार्ता/विचार
  • खुल्ला मञ्च
  • प्रविधि
  • खेलकुद
  • घुमघाम/मनोरन्जन
  • न्यु फेस
  • युनिकोड
×
☰
    • समाचार
    • कृषि/उद्यमी
    • अन्तरवार्ता/विचार
    • खुल्ला मञ्च
    • प्रविधि
    • खेलकुद
    • घुमघाम/मनोरन्जन
    • न्यु फेस
    • युनिकोड

ट्रेण्डिङ :

    भलिवल ब्लु अल्पाइन क्लब आगलागि
Advertisement

दुध डेरी संचालनले स्वरोजगार बन्दै किसानहरु

  •  क्लिक चौतारी संवाददाता
  • २०८० बैशाख १०, आईतवार ०५:४७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    सिन्धुली/गोलञ्जोर । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नं. ५ हिर्दिङ्गमा हिलटप एकीकृत कृषि फार्म प्रा.लि.ले दुध डेरी संचालन गरे संगै त्यस भेगका जनताहरु लाभान्वीत हुन थालेकाछन् । कृषि तथा पशुपालनको लागि उपयुक्त ठाँउ हुँदाहुदै पनि बजारको अभाव र भौगोलिक विकटताको कारण प्राय मानिसहरुले गाई तथा भैसी पालन छाडिसकेको अवस्थामा दुध डेरी संचालनमा आए सँगै त्यहाँका स्थानीयहरुको आय आर्जनमा वृद्धि हुन थालेको त्यहाँका किसानहरु बताउछन् ।

    गाँउमा भर्खरै स्थापना भएको डेरी उद्योगले स्थानीहरुको आयआर्जनमा मात्र वृद्धि भएको छैन गाँउमा स्थापना भएको उद्योगले रोजगारीको अवसर पनि सिर्जना गरेको मा.वि. नयाँखर्कका प्रधानाध्यापक लेख बहादुर बस्नेत बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ “यस क्षेत्रमा स्थापना भएको डेरी ब्यवसायले सिङ्गै गाँउको मुहार फेरीएकोछ । पशुपालन प्राय शुन्य भइसकेको थियो तर आज डेरी उद्योग संचालनमा आएसँगै विस्तारै मानिसहरु ब्यावसायिक पशुपालन तर्फ आकर्षित भएका छन भने डेरी उद्योगले स्थानियहरुलाई रोजगारी पनि सिर्जना गरेकोछ ।”

    हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको समेत लगानी रहेको यस डेरी उद्योगमा सहकारी मार्फत किसानहरुलाई सहुलियत ब्याज दरमा गाई तथा भैसी पालनको लागि पनि लगानी गरिरहेको उक्त सहकारी संस्थाका प्रबन्ध संचालक सुमन विक्रम थापाले बताउनु भयो । “भौगोलिक विकटताको बावजुत यहाँका सदस्यहरुको आय आर्जन वृद्धिको लागि भनेर हाम्रो सहकारीले दुध उत्पादनको लागि सहुलियत ब्याजको ऋण प्रवाह गरे सँगै यहाँका किसानहरु भैसी पालन तर्फ उत्साह पूर्वक आकर्षित भएका छन । भने यस क्षेत्र पशुपालनको लागि उपयुक्त स्थान भएको हुँदा गाई तथा भैसी पालन ब्यवसाय गर्न चाहने जो कोही किसानहरुलाई आफुहरु लगानी गर्न तत्पर छौ तसर्थ सम्पूर्ण किसान दाजु भाई तथा दिदि वहिनीहरुलाई लाभ लिई आयआर्जन बृद्धि गर्नको लागि अनुरोध गर्दछु ।” थापाले बताउनु भयो ।

    पेशाले आफु शिक्षक भएता पनि स्थानिय जनताहरु ब्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित भई आय आर्जनमा वृद्धि गरुन भन्ने हेतुले आफुहरुले ब्यावसायिक भैसी पालन सुरु गरेको श्री प्रा.वि. हिर्दिङ्गका प्र.अ. शान्ति बहादुर बानिया बताउनु हुन्छ । उहाँले भन्नु भयो “देशको वर्तमान अवस्था हरेक चिजमा परनिर्भरता बढ्दै गई गाउँनै रित्तिने गरि युवाहरु दिनानु दिन वैदेशिक रोजगारीमा गएको अवस्थामा इच्छा शक्ति भयो भने यही पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण दिनको लागि हामीले ७ जनाको सामुहिक लगानीमा भैसी पालन ब्यवसाय संचालन गरिरहेका छौ । अहिले हामी दैनिक करिव ८० लिटर दुध डेरीलाई उपलब्ध गराइ रहेका छौ भने २ जनालाई फर्ममा रोजगारी पनि दिइरहेका छौ । हामीले ८ वटा भैसीबाट सुरुवात गरेको ब्यावसायिक फर्ममा हाल ११ वटा छन र केही दिनमा नै हामी २० पुर्‍याउने तयारीमा रहेकाछौ ।”

    भौगोलिक विकटताको वावजुद विभिन्न कठीनाइहरुलाई चिर्दै संचालनमा आएको डेरी उद्योगमा यतिवेला करिव ५५ जना किसानहरुले प्रत्यक्ष लाभ लिईरहेकोछ । यहाँ दुधलाई प्रशोधन गरि घिउ र छुर्पी उत्पादन हुने गरेकोछ भने यहाँ उत्पादिन छुर्पी अन्तराष्ट्रिय बजारमा पुग्ने गरेकोछ । प्रत्यक्ष रुपमा ६ जनालाई रोजगारी दिई रहेको यस डेरी उद्योगमा वर्षाको समयमा यातायातको कठिनाई ब्यहोर्नु परेको साथै विद्युत लाईनको क्षमता कम भएको यसै उद्योगका ब्यवस्थापकको भनाई रहेकोछ ।

    यसरी ग्रामीण क्षेत्रमा संचालनमा आएको डेरी उद्योगलाई स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकार तथा विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने हो भने स्थानिय स्तरमा आय आर्जनमा वृद्धि हुनुको साथै उ्रत्पादित वस्तु तेस्रो मुलुकमा निर्यात हुनुले वैदेशिक मुद्रा आर्जनमा पनि टेवा पुग्ने देखिन्छ । तसर्थ यस्ता किसिमका उद्योगहरुलाई राज्यले प्राथमिकता पूर्वक हेर्नुपर्ने आवाश्यकता देखिन्छ ।

    Post Views: 61
    प्रकाशित मिति: २०८० बैशाख १०, आईतवार ०५:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आगलागी पीडितलाई ब्लु अल्पाइनको खाद्यान्न सहयोग
    सिन्धुलीकाे गाेलञ्जाेरमा यातायात कार्यालयकाे सेवा प्रारम्भ
    हिलटप जुनार बहुउद्देश्यीय सहकारीद्धारा सावुन वनाउने तालिम सम्पन्न
    Advertisement
    ताजा अपडेट
    • १. आगलागी पीडितलाई ब्लु अल्पाइनको खाद्यान्न सहयोग

    • २. गोलञ्जोर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सम्पन्न

    • ३. देश जाेगाउने अभिभारा अब गाेदारकाे हाे : विनाेद गाेदार थापा

    • ४. बिनाेद गाेदारथापासँग प्रश्न उत्तर

    • ५. प्रेस यूनियन बागमतीको प्रथम अधिवेशनमा पुरी चयन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ३०८४७८/०७९/०८०
    सूचना विभाग :  ३९११/०७९/०८०
    प्रेस काउन्सिल : ३९२१

    सम्पर्क

    लेकाली संचार नेटवर्क प्रा.लि.

    कमलामाइ नगरपलिका-६, पानीट्यान्की, सिन्धुली
    Email: clickchautari@gmail.com

    Phone : +९७७-९८५४०४११३४

    हाम्रो टीम

    अध्यक्ष : कमला रोक्का
    प्रधान सम्पादक : नेत्र बिक्रम थापा
    सम्पादक : राधिका बुढाथोकी
    लेखक : सन्तोष शर्मा

    सामाजिक संजाल

    © 2023 Click Chautari . All Rights Reserved.