आगलागी पीडितलाई ब्लु अल्पाइनको खाद्यान्न सहयोग


सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारीका आगलागी पीडितलाई जिल्लाको ब्ल्यु अल्पाइन क्लबले मंगलवार खाद्मान्न राहत सामाग्री वितरण गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका २ को चियाबारीमा भएको आगलागीबाट चार घरपरिवारका पाँच घर जलेर नष्ट हुनुका साथै करोडौंको धनमाल जलेर नष्ट भएको थियो ।

क्लबका सचिव कमल पोखरेलका अनुसार आगलागी पिडितलाई दैनिक उपभोग्य वस्तु चामल, मसौरा, दाल, बेसार, आलु, चिउरा, तेल तथा नुन लगायतको खाद्मान्न राहत स्वरुप सहयोग गरिएको हो ।

खाद्मान्न क्लवका अध्यक्ष शुरेस थापा मगर, उपाध्यक्ष अती प्रवल घिमिरे, सचिव कमल पोखरेल लगायतले आगलागी पिडित परिवारलाई हस्तान्तरण गरेका हुन ।

गएको आईतवार राति करिव एक बजेबाट आगलागी शुरु भएको थियो । आगलागीबाट स्थानिय राजकुमार श्रेष्ठ, योगबहादुर थापा, कौशल थापा र गंगाबहादुर थापाको घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट १ करोड १६ भन्दा बढी धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *