सुचनाको लागि राष्ट्रिय महासंघ सिन्धुलीमा कार्की चयन


सिन्धुलीमाढी – सिन्धुली मा आज सुचनाको लागि राष्ट्रिय महासंघ सिन्धुलीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । जिल्लाको भेलाले सर्वसहमत रुपमा जिल्ला शाखा सिन्धुलीको कार्यसमिति चयन गरेको छ ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका पुर्व सभापती राजकुमार कार्कीको अध्यक्षतामा समिति गठन गरिएको हो । राजकुमार कार्कीको नेतृत्वमा उपाध्यक्षमा सन्तोष शर्मा, सचिवमा सादेशमणी पोख्रेल, सहसचिवमा मनोज दाहाल, कोषाध्यक्षमा प्रतिक्षा कार्की, सदस्यहरुमा क्रमशः गोविन्द खड्का, सुनिता दर्नाल, गंगा बिशुंके, प्रतिमा दियाली र गुण कुमारी मगर चयन हुनुभएको छ ।

सुचनाको लागि राष्ट्रिय महासंघ सिन्धुलीले आम नागरिकको सुचना पाउने हक सुनिश्चीत गर्न यस महासंघको प्रदेश, केन्द्र र जिल्ला स्थित बिभिन्न संघ-संस्था र कार्यालय संग समन्वय र सहकार्य गर्ने संस्थाले जनाएको छ ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *