clickchautari.com

गोलञ्जोरमा इभी गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु ५ जना घाइते

गोलञ्जोर, २५ माघ ०८१

बिपी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका ५ सोलाभज्याङ नजिकै शुक्रवार बिहान इभि गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ ।

झापाबाट काठमाणडी जाँदै गरेको बागमती प्रदेश ०१–०३०–च। ९६४२ नम्बरको इभि गाडी आफै अनियन्त्रित सडकबाट ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनामा परि चालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनामा पर्नु भएका मोरङको लेटाङ नगरपालिका २ का ३४ वर्षीय देवि लिम्बुको अवस्था गम्भीर रहेको छ । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका ५ थली बस्ने २८ बर्षिया श्वेता गिरी, सोही ठेगाना भएका २८ वर्षीय संजय रोक्का, झापा बाह्रगढी गाउँपालिका १ का २७ वर्षीय किस्कु मण्डल र इलाम देउमाई नगरपालिका ८ बस्ने ५३ वर्षीय सन बहादुर तामाङ घाइते हुनु भएको छ । उहाँहरूको सिन्धुली अस्पतालमा उपचार भई रहेको छ ।

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.