हरिहरपुरगढी, सिन्धुली । १६ माघ ०८१
हरिहरपुरगढी गाउँपालिका ७ क्यानेश्वरबाट प्रहरीले साल जातको अवैध ५२।१४ क्यु फिट काठ सहित ट्रकलाई नियन्त्रणमा लिएको छ । बुधवार पन्थचौरीबाट काठ लिएर क्यानखोला तर्फ आउँदै गरेको ना ७ ख ८३६२ नम्बरको मिनी ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरी टोलीले चिरानी गरेको साल जातको ७२ पिस काठ सहित नियन्त्रणमा लिइएको ट्रक अनुसन्धानका लागि डिभिजन वन कार्यालय मरिणलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
प्रहरीलाई देखेपछि ट्रक छाडी चालक भने फरार भएको उहाँले जानकारी दिनुभयो । फरार चालकको खोजि कार्य भई रहेको प्रहरीले बताएको छ ।
मनकाे कुरा ब्यक्त गर्नुस