क्लिक चौतारी संवाददाता
जेठ ८, सिन्धुली । मदन भण्डारी राजमार्ग अन्तर्ग सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१४ तल्लो रानीबासमा बिहिबार सबारी दुर्घट्ना हुदा चार जना यात्रु घाईते भएका छन ।

झापाबाट काठमाडौ जादै गरेको बागमती प्रदेश ०१–०२७ च ८७९९ नम्बरको स्कारपियो जीप अनियन्त्रीत भई दुर्घट्ना हुदा यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार घाईते हुनेहरुमा ताप्लेजुङ् सिदिङ्वा गाँउपालिका–६ निवासी २७ बर्षको वोनिश कडेरिया, काठमाडौ महानागर पालिका –१५ निवासी ६५ बर्षको पूर्णकाजी महर्जन, झापा कमल गाँउपालिका–२ निवासी ३८ बर्षको भवानी न्यौपाने र झापा गौरिगंज गाँउपालिका–२ निवासी ३० बर्षको मनोजकुमार ताजपुरिया रहेका छन् ।
घाईतेमध्ये कडेरिया र महर्जनको जनसेवा अस्पताल बर्दिबासमा, न्यौपाने र ताजपुरियाको आर एण्ड के मेडिकल भिमानमा उपचार भएको कार्यालयका प्रहरी नायब उपरिक्षक सुर्यप्रकास सुवेदीले जानकारी दिुनुभयो ।