Click Chautari

तिनकन्यामा सुरक्षित खानेपानी र बाख्रापालन योजनाको सफल अनुगमन, १०५ नागरिक प्रत्यक्ष लाभान्वित

सिन्धुली, तिनकन्या —

Advertisement
वल्ड भिजन इन्टरनेशनलको सहयोग तथा गोलन्जोर गाउँपालिकासँगको सहकार्यमा सिन्धुली एकीकृत विकास सेवा (सिड्स नेपाल) द्वारा सञ्चालित योजनाहरूको गोलन्जोर गाउँपालिका–४ तिनकन्यामा अनुगमन सम्पन्न भएको छ ।

पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत तिनकन्याको माझकुभिण्डेमा निर्माण गरिएको खानेपानी आयोजना, सामाजिक कोष अन्तर्गत गठित समूहको बैठक मंच, स्वास्थ्य संस्थाहरूमा प्रदान गरिएका सामग्री, र आयआर्जनका लागि बाख्रापालन किसानहरूलाई खोर निर्माणमा दिइएको सहयोग लगायतका कार्यक्रमहरूको टोलीले स्थलगत अनुगमन गरेको हो ।

अनुगमन टोलीमा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा अध्यक्ष भक्त बहादुर भुजेल, सिड्स नेपालका उपाध्यक्ष कृष्णहरी थापा, परियोजनाका अधिकारी, सञ्चारकर्मीहरू र सरोकारवाला सहभागी थिए ।

Advertisement

परियोजना अधिकृत सागर धितालका अनुसार माझकुभिण्डेमा १ इन्टेक संरचना, १ रिजर्भ ट्यांकी र २० वटा घरधुरीमा खानेपानीका धारा निर्माण गरिएको छ । यस आयोजनाबाट १०५ स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

अनुगमनका क्रममा उपाध्यक्ष न्यौपानेले सिड्स नेपालद्वारा सञ्चालित योजनाहरू स्थानीय जनताको जीविकोपार्जनमा प्रत्यक्ष योगदान पुर्‍याउने खालका अत्यन्तै प्रभावकारी प्रयास भएको बताउनुभयो ।

सामाजिक विकास, स्वास्थ्य प्रवर्धन र दिगो जीविकोपार्जनलाई एकसाथ समेटिएको यस किसिमको परियोजनाले ग्रामीण समुदायमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.