Click Chautari

सिन्धुलीमा लागुऔषध ट्रामाडोलसहित एक युवक पक्राउ

सिन्धुली, २०८२ जेठ २५ — सिन्धुलीको कमलामाई नगरपालिका–८ हात्तीसारका १९ वर्षीय चन्द्र बहादुर तामाङ लागुऔषध ट्रामाडोलसहित पक्राउ परेका छन् । प्रहरीले लामो समयदेखि लागुऔषध राख्ने, सेवन गर्ने र अरुलाई वितरण गर्ने कार्यमा संलग्न रहेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक भिम बहादुर कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले साँझ करिब ९:०० बजे तामाङको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा तामाङ सुत्ने कोठाको खाटको ओछ्यान मुनि लुकाएर राखिएको अवस्थामा ७४ चक्की ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लागुऔषध ट्रामाडोल नेपालमा बिना चिकित्सकीय सिफारिस प्रयोग गर्न पाइँदैन, र यसको अवैध कारोबार अपराध मानिन्छ । पक्राउ परेका चन्द्र बहादुर तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भिमानले जानकारी दिएको छ ।

Advertisement

प्रहरी स्रोतले लागुऔषधको कारोबारमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा थप प्रमाण संकलनको प्रक्रिया पनि अगाडि बढाइएको जनाएको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.